कोरोनाको सङ्क्रमण देखिएका ८ देशका नागरिकले आजदेखि नेपाल प्रवेश गर्दा प्रमाणपत्र देखाउनुपर्ने

0
860

काठमाण्डाै,

काेरोना भाइरस (काेभिड–१९) को सङ्क्रमण धेरै देखिएका विश्वका आठ देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन अराइभल भिसा बन्द गरिएको छ ।

अध्यागमन विभागले विज्ञप्ति निकालेर मङ्गलबारदेखि कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका चीन तथा चीन प्रशासित क्षेत्र, इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स, जर्मनीका नागरिकलाई अन अराइभल भिसा बन्द गरिएको जनाएको छ ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलका अनुसार नेपालतर्फको यात्रा गर्नुअघि नै भिसा अर्थात् प्रवेशाज्ञा नलिइकन आउने नागरिकलाई अन अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको हो ।

अब यी ८ देशका नागरिकले नेपाल आउनुपर्ने भएमा कोरोना भाइरसको सङ्क्रमण नभएको र यात्रा गर्न सक्ने भन्ने प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने छ ।

यस्तै कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी रोक लगाएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि कतारले नेपालसहित १४ देशका यात्रुलाई अस्थायी रुपमा प्रवेशमा रोक लगाएको हो ।-उज्यालो अनलाइनबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here