कोरेनाबाट बच्न गाउँपालिकाको अभियान

0
542

झापा ।

झापाको हल्दीबारी गाउँपालिकाले बिश्वभर महामारीको रुपमा फैलिइरहेको कोरेना भाइरसबाट बच्ने उपायका सम्बन्धमा आफ्नो गाउँपालिकाभित्र नागरिक सचेतना अभियान सञ्चालन गरिरहेको छ ।

कोरेना भाइरसबाट जोगिने उपायका बारेमा बिद्यालयमा बिद्यार्थीहरुलाई, हाटबजारमा आउने गाउँबासी तथा आम नागरिकलाई कोरेना भइरसको लक्षण, यसबाट बच्ने उपाय र होसियारी र रोगबाट बच्न रोग लाग्नुपूर्व सचेत रहने सावधानीका बिषयमा सचेतनामुलक पर्चा पम्प्लेट बितरण, बिभिन्न सञ्चार माध्यम र माइकिङ्ग गरी जनचेतना अभिवृद्धि गरिएको पालिका अध्यक्ष रबिन्द्र लिङदेनले जाकारी दिनुभयो ।

साथै मौसम परिवर्तनसँगै हुने प्रकृतिक प्रकोपको जोखिम न्यूनिकरण, झाडा पखाला, आगलागी, लगायतका विपद्बाट बच्न समयमै पूर्व तयारी गर्न नेपाल रेडक्रस सोसाइटी, गाउँपालिकाका सवै वडा कार्यलय, सबै स्वास्थ्य इकाइ र सरोकारवाला संघसंस्थासँगको सहकार्यलाई अघि तत्काल अघि बढाउने पनि हल्दीबारी गाउँपालिकाले निर्णय गरेको छ ।

त्यसैगरी कोरेना भाइरसको त्रास बढेसँगै मुखमा लगाउने माक्सको मूल्यमा कालोबजारी भएकोले गाउँपालिकाले नै माक्स खरिद गरेर गाउँबासीहरुलाई उपलब्ध गराउने तयारी भइरहेको पनि पालिका अध्यक्ष लिङदेनले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here