दमकमा टेम्पो दुर्घटना‚ एकजनाको मृत्यु

0
347

झापा ।

झापाको दमक नगरपालिका–५ स्थित हरिओम कोलेनीस्थित भित्री सडक खण्डमा टेम्पो दुर्घटनामा एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दमक–९ का ६१ वर्षीय उमबहादुर मगर रहेको प्रहरीले जनाएको छ । इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख यज्ञराज शर्मा अधिकारीका अनुसार मगरको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मंगलबार राति मृत्यु भएको हो।

मे १ ह ६५८४ नम्बरको टेम्पोका चालक दीपकुमार मगरले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ। चालक र टेम्पोलाई नियन्त्रणमा लिइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here