गोकुल बाँस्कोटाको घरमा विष्फोट, ‘विप्लव’ले लियो जिम्मा

0
932

काठमाडौँ ।

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ ।

पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा बुधबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको थियो ।

पूर्वमन्त्री बाँस्कोटाको घरको भुइँ तलामा बम बिस्फोट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी सविन प्रधानले बताए ।

विप्लव नेकपाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा घोटलामा संलग्न भएको सहित १० कारणले घरमा बम हान्नु परेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here