भोजपुर ।
पूर्वी पहाडी जिल्ला भोजपुरमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ ।
दुर्घटनामा आमचोक–९ बोक्सेटारका १८ वर्षीय तेजबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पाण्डवकुमार राजवंशीले जानकारी दिए ।
शुक्रबार राति दुम्मानाबाट रानीटार जाँदै गरेको ना ३ त ८७५१ ट्र्याक्टर आफैँ अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेको र खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।





























