सुन्दर समाजबाट मास्क उत्पादन

0
327

दमक,

बजारमा माक्सको अभाव भइरहँदा झापा दमकका महिलाको सामाजिक संस्था सुन्दर समाज नेपालले यसको उत्पादन शुरु गरेको छ ।

उद्योग वाणिज्य सङ्घ दमकसँगको समन्वयमा संस्थाले दैनिकरुपमा छ जनाले मास्क उत्पादन गरिरहेको समाजका उपाध्यक्ष लक्की सिटौलाले बताउनुभयो ।

दैनिक ५०० बढी मास्क उत्पादन गरिरहेपनि माग उच्च रहेको सिटौलाले बताउनुभयो । सो मास्क होलसेलमा प्रतिगोटा रु १५ मा बिक्री भइरहेको र व्यवसायीले सर्वसाधारणलाई रु २५ भन्दा बढी मूल्यमा बिक्री नगर्न आग्रह गरिएको सिटौलाले जानकारी दिनुभयो । मागअनुसार थप उत्पादन बढाइने बताइएको छ ।

समाजबाट उत्पादित माक्स विपन्न परिवारलाई निःशुल्क उपलब्ध गराउने तथा माक्स बिक्रीबाट हुने नाफाबापतको रकम आश्रम आश्रित विपन्न तथा अनाथ बालबालिका, ज्येष्ठ नागरिकको सहयोगमा खर्च गरिने समाजले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here