इलामको पशुपतिनगर नाका भारतद्धारा बन्द

0
1390

इलाम ।

नोबल कोरोना भाइरस (कोभिड १९) को विश्वका विभिन्न देशमा संक्रमण बढी रहेका बेला भारतले पूर्वी नाका पशुपतिनगर बन्द गरेको छ । भारतमा कोरोनाका कारण दुई जनाको मृत्यु भइसकेको छ ।

पश्चिमबंगाल सरकारले कोरोना नियन्त्रणका लागि भन्दै शनिबार बिहानबाट नाका बन्द गरेको हो । नेपालतर्फबाट भारत जाने र भारतबाट भित्रिनै सवारी साधन नाका बन्द भएपछि ठप्प रहेको पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

नाका अनिश्चितकालका लागि बन्द गरेको जानकारी आफुहरुलाई प्राप्त भएको प्रहरी निरीक्षक रमेश राईले बताए । नाका बन्दभएपछि सवारी साधन ठप्प रहेको छ भने स्थानीयलाई आउ–जाउ गर्न दिइएको बताइएको छ ।

कोरोना नियन्त्रणकै लागि सूर्याेदय नगरपालिका, १ नम्बर प्रदेश र संघीय सरकारले पशुपतिनगरका २ स्थानमा हेल्प डेस्क राखेर मानिसको तापक्रम जाँच गरिरहेका छन् । २ वटा ‘थर्मल गन’ प्रयोग गरी दिनहुँ करिब ६ सय जनाको तापक्रम जाँच भइरहेको थियो ।

हेल्प डेस्कका लागि ६ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । सूर्याेदय नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख धनराज यादवले हेल्प डेस्कमा कसैमाथि कोरोनाको आशंका भए तत्काल तोकिएको स्थानमा पु¥याउन एम्बुलेन्ससमेत तयार रहेको जानकारी दिए । हालसम्म कसैलाई पनि कोरोनाको लक्षण नभेटिएको जनाइएको छ ।

नेपालले भारतसंगका सिमा नाकाहरुमा उच्च सर्तकता अप्नाउदैं हेल्प डेस्क मार्फत कोरोनाको परिक्षण गरिरहेको छ । यता झापाको कांकरभिट्टा स्थित हेल्प डेस्कमा पनि उच्च निगरानीका साथ कोरोनाको परिक्षण भइरहेको जनाइएको छ ।

बिहीबार मात्रै कांकरभिट्टाबाट दुई युक्रेनी नागरिकलाईफिर्ता पठाइएको थियो । उनीहरुमा उच्च तापक्रम देखिएपछि नेपाल प्रवेशमा रोक लगाइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here