उद्घाटन नगरी मन्त्री पोखरेल फर्किनुभयो

0
481

जलेश्वर,

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल महोत्तरीको एक कार्यक्रमको उद्घाटन नगरी फर्किनुभएको छ ।

आज उहाँले मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण सभा तथा सम्मेलन आयोजना नगर्ने सरकारको नीति रहेको हुँदा मन्त्री पोखरेलले सार्वजानिक कार्यक्रममा भवनको उद्घाटन नगर्नुभएको जनाइएको छ ।

सो अवसरमा उहाँले सरकारले ४१ सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको र थप नाकामासमेत गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । उहाँले केही दिनका लागि कुनै पनि सभा, सम्मेलन, भोजभतेर र धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here