एक विगाह १० कठ्ठा क्षेत्रफलमा लगाएको कागती धमाधम सुक्दै

0
668

बिर्तामोड।

‘पैरख गर्न सकेको खण्डमा स्वदेशमै सुन फल्छ’ भन्ने उक्ति झापा चारपानेका हरिभक्त उप्रेतीलाई मिथ्या झैं लाग्न थालेको छ । व्यवसायिक कृषि पेशा गरेर सफल किसान बन्ने सपना बोकेका उप्रेतीले तीन वर्ष अघि एक विगाह १० कठ्ठा जमिन लिजमा लिँदै कागती खेती शुरु गरेका थिए । तर, कागती खेतीले उप्रेतीलाई नाफ त होइन, साँवा नै उठाउन धांै–धौं बनाएपछि कृषि कर्म प्रति नै उनमा वितृष्णा जागेको हो ।

वार्षिक एक लाख रुपैयाँमा जमिन लिजमा लिएर उप्रेती र उमेश शर्माले बिर्तामोड नगरपालिका – २ चारपानेमा व्यवसायिक कागती खेती शुरु गरेका थिए । तर, फुल्दै र फल्दै गरेका कागतीका बोट अज्ञात रोगले भट्टा– भट्टी मर्न थालेपछि उप्रेतीले निरास मात्र छैनन् अहिले कृषि पेशा प्रति नै बिरक्तिएका छन् ।

शुरुमा २० लाख भन्दा बढी रुपैयाँ लगानी गर्दै तीन वर्ष अघि शुरु गरेको कागती खेतीका लागि अहिले २५ लाख रुपैयाँ लगानी भइसकेको उप्रेतीले बताए । उनले भने – कागती खेतीको रेखदेखि र गोमडेल गर्न दुई जनालाई रोजगारी दिइएको छ । उनीहरुलाई नेपाल सरकारले तोके अनुरुपको तलब दिएका छौं ।

सुरुमा लटरम्म फल लागेका कागतीका बोटको मुना र पात पहेंलिँदै जाने र पछि डाठ नै सुकेर जान थालेपछि कृषि प्राविधिकलाई देखाएको तर उनीहरुले पनि के कारण कागती मरेको हो भन्न नसकेको उप्रेती बताउँछन् ।

डेढ विगाह क्षेत्रफलमा एक हजार कागतीका विरुवा रोपिएको तर अहिले एक सय भन्दा बढी कागतीका विरुवा मरेको उप्रेतीले बताए । कागतीका विरुवा मर्न थालेपछि बिर्तामोड नगरपालिका, कृषिज्ञान केन्द्र चन्द्रगढी पुगेर गुनासो गरेपनि उनीहरुले आश्वासन दिने वाहेक केही नगरेको उप्रेती बताउँछन् ।

कागतीका विज्ञ झापामा रहेनछन् उनी भन्छन् – किसानले गर्न खोज्यो समस्या पर्दा हेरिदिने निकाय नहुँदा समस्या माथि समस्था थपिदो रहेछ । अहिले मलाई किस्ता तिर्न समेत धौ– धौं परेको छ । फलेका कागती नमरेका भए अहिले किस्ता तिर्ने आधार हुन्थ्यो तर फलेका कागती मरेपछि समस्या भएको हो – उप्रेतीले भने ।

वर्षा कृषि फर्म दर्ता गरेर व्यवसायिक कागती खेती शुरु गरियो उप्रेतीले भने – सपना ठूलै थियो, कागती बेचेर खेती गर्दा लागेको ऋण तिरौला अनि घर खर्च चलाउँदै कागतीमा विरुवा उत्पादन गर्दै अरुलाई पनि कागती खेती प्रति प्रोत्साहित गर्ने सोच सपनामै सिमित भयो ।

उप्रेतीले कागतीका विरुवा प्रतिगोटा एक सय ७० रुपैयाँका दरले खरिद गरेको बताएका छन् । कागतीका बोट भट्टाभट्ट मरेपनि अब व्यवसायिक कागती खेती गर्न लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको छ उप्रेती भन्छन् – ‘छाडौं दुनियाको हासो, गरौ आफैलाई गलपासो भयो ।’

उप्रेतीले शुरु गरेको व्यवसायिक कागती खेती गर्न नजानेर समस्या भएको होइन, समस्या नै कसैले पत्ता लगाउन नसक्दा समस्या भएको हो नागरिक समाजका अगुवा देवी गिरी भन्छन् – किसानलाई सधै पिरोलो हुँदो रहेछ , गर्न खोज्यो बोटै मर्छ, बेच्ने वेलामा बजार हुँदैन अनि कसरी किसान उभो लाग्छ । राज्यले व्यवसायिक खेती गर्ने किसानका लागि विमाको व्यवस्था गर्दै वास्तविक किसानलाई अनुदान दिनु पर्छ ।

त्यसो त उप्रेतीले कागती खेतीसंगै मेवा खेती गरेपनि मेवाको वोट पनि मरेपछि अहिले उप्रेतीले सोही ठाउँमा कोला खेती शुरु गरेका छन् । कोलासंगै एबोकाडो खेती गरेपनि राम्ररी नफष्टाएको उनको भनाई छ ।

माटोमा अत्याधिक रसायनिक मलको प्रयोगका कारण अम्लियपन बढ्दै जाने र वालीनाली नसप्रने कृषि विज्ञको भनाई छ । किसानले खेती गरेपनि माटोको उर्भाराशक्ति कस्तो छ भन्ने विषयमा कुनै दिन माटो नजचाउँदा त्यसखाले समस्या आउने गरेको र समय– समयमा माटो जाँच गराउन कृसषि विज्ञको सुझाव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here