बिर्तामोड।

बाह्रदशी गाउँपालिका – १ भागुडुब्बामा निःशुल्क २ सय ५१ जनाको आँखा जाँच गरिएको छ । जसमा २३ जनामा मोतिया बिन्दूको समस्या देखिएकाले निःशुल्क शल्यक्रियाका लागि बिर्तामोडस्थित मेची आँखा अस्पताल ‘रेफर’ गरिएको छ ।
मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा बाह्रदशीमा आँखा शिविर सञ्चालन भएको बाह्रदशी गाउँपालिका वडा नम्वर १ का अध्यक्ष शभ्मूसिंह राजवंशीले बताए ।
सहारा नेपाल सहकारी संस्था लिमिटेड सेवा केन्द्र राजगढ र बाह्रदशी गाउँपालिका वडा नम्वर १ को संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।
शिविरमा वाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी, १ का वडाअध्यक्ष शम्भूसिंह राजवंशी,सहारा नेपाल साकोस इलाका सुरुङ्गामा प्रबन्धक रामनारायण प्रधान, सेवाकेन्द्र राजगढका प्रबन्धक एकादेव कट्टेल, सेवाकेन्द्र सञ्चालन सहयोग उप समिति संयोजक मोहनविक्रम ओली लगायतले बोलेका थिए । शिविरको सञ्चालन सेवाकेन्द्र सञ्चालन सहयोग उप समिति सचिव लोचन कुमार गुरागाँईले गरेका थिए ।































