जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि मुनाललाई

0
839

शान्तिनगर ।

झापा बुद्धशान्तिमा सम्पन्न जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि मुनाल क्लबले उचालेको छ । शनिबार भएको उपाधि भिडन्तमा झापा एफसी राजगढलाई सडन डेथमा पराजित गर्दै मुनाल क्लब चन्द्रगडिले उपाधि उचालेको हो।

मुनाल क्लब चन्द्रगढिकाका लागि बिकास राईले खेल सुरु भएको केहिबेरमै गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । यता उपविजेताको टिम झापा एफसिबाट पहिलो हाफको अन्तिम समयमा श्याम मुर्मुले गोल गर्दै खेललाई बराबरीमा पुर्याए पछि निर्णयका लागी टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुवै टिम तर्फबाट बराबरी गोल भएपछि निर्णयका लागि सडन डेथसम्म पुग्नु परेको थियो ।

प्रतियायगिताको उपाधि विजेता बनेसँगै मुनाल क्लब चन्द्रगढिले नगद ५० हजार रुपैँया ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्यो भने उप–विजेतामा सिमीत भएको झापा एफसीले नगद ३० हजार रुपैँया सहित ट्रफी, प्रमाण–पत्रमा चिक्त बुझाउन बाध्य बन्यो ।

प्रतियोगीताको बेष्ट पेल्यर झापा एफसीका श्याम मुर्मु घोषित भए । त्यस्तै हाई स्कोरर आयोजक सृजनसिल युवा समाजका बबिन बोहोरा घोषित हुँदउा बेष्ट डिफेन्डर विजेता मुनाल क्लब चन्द्रगढिका मित्र बस्नेत बने । त्यस्तै बेष्ट मिडफिल्डर झापा एफसीका अभिषेक राई र बेष्ट गोलकिप्पर मुनाल क्लब चन्द्रगढिका बिप्लप गुरुङ्ग घोषित हुँदै नगद तिन तिन हजार प्राप्त् गरे । फाइनल खेलको म्यान अफदि म्याच मुनाल क्लब चन्द्रगढिका बिकास राई घोषित भए ।

प्रतियोगिताको विजेता, उपविजेता र व्यक्तिगत विधातर्फका खेलाडीहरुलाई प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भुर्तेल, जिल्ला फुटबल संघ झापाका अध्यक्ष भगिरथ आले मामा , जिल्ला फुटबल संघ झापाका उपाध्यक्ष मनिष दहाल , जिल्ला खेलकुद विकाश समितिका शंकर थापा, आयोजक समितिका अध्यक्ष शुक्रराज कार्की, खेल संयोजक नरेन्द्र कुमार जवेगु, निर्मल पराजुली, टेकेन भट्टराई र वडाध्यक्षहरुले नगद तथा पुरस्कारहरु प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here