उत्कृष्ट लयमा युनिक

0
1061

जन्मिएको १६ बर्षमा एउटा बालकले नागरिकता प्राप्त गरेर जिम्मेवार नागरिक भएझैं झापाको मेचीनगर–१२मा अवस्थित युनिक इङ्लिस बोर्डिङ स्कूलले आफूलाई एउटा जिम्मेवारी र स्थापित विद्यालयको रुपमा उभ्याएको छ ।
वि.स. २०६१ सालमा सोही क्षेत्रका उदीयमान युवा विष्णुप्रसाद रिमालको नेतृत्वमा स्थापित उक्त विद्यालयले त्यस क्षेत्रकै शैक्षिक गन्तव्यको रुपमा आफ्नो परिचय बनाएको हो । २०६१ सालमा ५५जना विद्यार्थी लिएर कक्षा एकसम्म अध्यापन गराउन शुरु गरेको विद्यालयमा हालकरिब पाँच सय विद्यार्थी अध्ययनरत् रहेको विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद रिमालले बताए ।

मेचीनगर, अर्जुनधारा र बुद्धशान्तिको सीमाना मेचीनगर–१२मा स्थापित उक्त विद्यालयले त्यस क्षेत्रका अभिभावकको आफ्ना छोराछोरीलाई न्यूनतम् शुल्कमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने चाहना उक्त विद्यालयले पूरा गरिदिएको स्थानीय अभिभावक मोहनकुमार लिम्बूले बताए । नाम युनिक भए जस्तै हाम्रो काम पनि युनिक नै छ, मासिक रुपमा युनिक दर्पण निकालेर महिनाभरि विद्यालयमा गरिने गतिविधिबारे अभिभावकलाई जानकारी दिनु, देशकै चर्चित व्यक्तित्वहरुलाई बोलाएर उनीहरुका बालापनदेखि अहिलेसम्मका सफलता, असफलताका कथाहरु सुनाएर विद्यार्थीलाई अभिप्रेरित गर्नु, अंकमा होइन, व्यवहार उन्मुख सिकाई गर्नु हाम्रो मुख्य विशेषता हो– लेखापाल घनश्याम घिमिरेले बताए ।

स्तरीय कम्प्युटर, ल्याब, लाइब्रेरी, विज्ञान प्रयोगशाला लगायतका सामग्री विद्यालयमा रहेको र त्यसले गर्दा विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्षम रहेको विद्यालयका सहप्राचार्य बासुदेव ढुंगानाले बताए । २०७३ सालदेखि एसएलसीमा सामेल गराउन थालेको विद्यालयले यसबर्ष चौथो व्याजको एसईई परीक्षामा १९ जना विद्यार्थीलाई सामेल गराउने र उनीहरुले उत्कृष्ट नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको प्रिन्सिपल रिमालले बताए ।

हाल विद्यालयमा शिक्षक कर्मचारी २२ जना र अन्य कर्मचारी ७ जना गरी २९ जना कर्मचारी कार्यरत रहेको उनले बताए । उनले भने– १६ बर्षको युवक भएर होला हामी अहिले उत्कृष्ट लयमा छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here