लागुऔषध ब्राउन सुगर सहित एक ब्यक्ति पक्राउ

0
591

झापा ।

झापाको भद्रपुर नगरपालिका–५ बाट लागुऔषध ब्राउनसुगर सहित एक ब्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–८ का ३८ बर्षीय बमबहादुर तामाङ रहेको प्रहरीलेजनाएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले तामाङलाई ४ ग्राम १३० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित भद्रपुरबाट पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका तामाङको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here