प्रहरीले कोरोना भाइरसलाई रोक्न नसक्ने

0
601

विराटनगर,

प्रदेशसभाको बैठकको शून्य समयमा मुलुकको समसामयिक विषयमा प्रदेशसभा सदस्य केदार कार्कीले कोरोना भाइरसबाट जोगाउन प्रदेश सरकारको तयारी कमजोर रहेको टिप्पणी गर्नुभयो ।

उहाँले प्रदेश सरकारले कोशी अस्पतालमा आइसोलेसनको व्यवस्था भएको जानकारी दिएको तर अस्पतालमा आइसोलेसनको व्यवस्था नरहेको भन्दै नेपाल भारतको सीमा जोगवनीमा प्रहरी पोशाकमा राखेका प्रहरीहरुबाट कोरोनाबाट जोगाउन नसकिने र यसका लागि दक्ष जनशक्ति एवं उपकरण र सामग्रीको व्यवस्था हुनुपर्नेमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सदस्य बलबहादुर साम्सोहाङले नेपालमा भ्रष्टाचारीलाई फूलको माला लगाउनाले भ्रष्टाचार बढेको टिप्पणी गर्दै प्रदेश सरकारले सार्वजनिक खरिद ऐनअनुसार काम गर्नुपर्ने धारणा राख्नुभयो । सदस्य वसन्तकुमार बानियाँले कृषि प्रधान देश भएर पनि खाद्यान्न आयात गर्नु दुःखद हो भन्दै झापामा अहिले लगाइएको चैते धान र मकै बालीका लागि रासायनिक मलको अभाव रहेकामा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले झापाको दक्षिणी क्षेत्रमा जङ्गली हात्तीले अन्नपात र बाली नोक्सान गरिरहेकाले यसबाट जोगाउन विद्युतीय तारवार हुनुपर्ने माग गर्नुभयो । प्रदेशसभाको अर्को बैठक चैत ५ गते बुधबार दिनको १ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here