झापाका चारवटा सडक निर्माणका लागि ६७ करोड ९३ लाख

0
1277

बिर्तामोड।

ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआइपी) अन्तरगत झापाका चारवटा सडक निर्माणाधीन रहेका छन् । एशियाली विकास बैंकको ऋण सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा झापाका चारवटा सडक निर्माणाकीन रहेको ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले जनाएको छ ।

सडक निर्माणको काम काठमाडौंको ललितपुरस्थित जेडसीजीटेक आशिष प्रेरा जेभीले गरिरहेको आयोजना झापाका प्रमुख शम्भू कार्कीले बताए । २०७५ साल बैशाखबाट निर्माण शुरु भएका चार सडकहरुमा चारपाने– चैतुवारी,– मोतिगढ– साधधुकुटी– घोडामारा – राजगढ, अमलडाँगी–समयगढ–बाँँसबारी – सोलमारी, खर्साङवारी–जलथल–मंगलवारे–बाहुनढोका–अधिकारी चौक रहेका छन् । चारवटै सडक पाँच वर्ष भित्र निर्माण सम्पन्नन गर्नुपर्ने सम्झौता अनुसार अहिले सडक निर्माण निर्माणको काम भइरहेको आयोजनाले जनाएको छ । निर्माण अवधि दुई वर्ष, त्रुटी सच्याउने अवधि एक वर्ष र कार्यसम्पन्नको आधारमा मर्मत दुई वर्षसम्म गर्नु पर्ने बताइएको छ ।

चारवटा सडक निर्माणका लागि ६७ करोड ९३ लाख ७९ हजार रुपैयामा ठेक्काा सम्झौता भएको हो । एशियाली विकास बैंकको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लगानीमा सडक निर्माण भइरहेको आयोजनाले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग अन्तरगत ग्रामीण सडक सञ्जााल सुधार आयोजना सञ्चालनमा रहेको छ । आयोजनाले पाँच प्रदेशका १६ जिल्लामा काम गरिरहेको छ ।

एशियाली विकास बैंकको सहयोगमा निर्माणाधीन सडक निर्माण सम्पन्नसंगै कृषि उत्पादन क्षेत्र विकास कार्यक्रमलाई मसेत सहयोग पुग्ने बताइएको छ । संघीय मामिला तथा स्थान्ीय विकास मन्त्रालय मार्फत स्थानीय पूर्बाधार विकास तथा कृषि सडक विभाग (डोलिडार)ले निर्माण गरिएका सडकको सुधार गर्ने बताइएको छ ।

एडिवीले सडक निर्माण र उपआयोजनाहरु छनौट गर्दा सडकले सेवा दिने जनसंख्या, सडक आसपासमा वसोवास गर्ने वा सो भेगका जनताको सामाजिक आर्थिक अवस्था, पूर्वाधार विकासको अवस्था र दातृ निकाय एशलिायली विकास बैंकको पोलिसी अअनुसार छनौट भएका हुन् ।

सडक निर्माणका क्रममा आयोजना सञ्चाल भएका सडक क्षेत्रका समुदायको प्रत्यक्ष सहभागीता रहने गरी सडक निर्मँण भइरहेको आयोजनाले जनाएको छ । आयोजनाले अहिले देशभर ३ सय ८०.६८६ किलोमिटर सडक निर्माण गरिरहेको छ ।

झापा सहित प्रदेश नम्वर १ का ६ जिल्लामा आयोजनाले काम गरिरहेको र पाँचथर, र इलामा,मोरङ, दुई÷ दुईवटा, र सुनसरीमा ४ तथा धनकुट्टामा एउटा सडक निर्माण गरिरहेको छ ।

कृषि सडक निर्माणसंगै स्थानीयवासी समेत उत्साहित भएका छन् । कृषकले उत्पादन गरेका कृषिजन्य सामग्री बजारसम्म पु¥याउन सहज हुने र वजारबाट किसानका लागि अत्यावस्यक सामग्री ल्याउन समेत सहज हुने स्थानीय राजु गौततमले बताए । ग्रामीण क्षेत्र र सहरलाई जोड्न निर्माण गरिएको सडकले मुख्य भूमिका निर्वाह गर्ने गौतमको भनाई छ । कृषि बस्तु ओसारपसारकका लागि समेत सडक निर्माण सम्पन्नसंगै सहज हुने गौतमले बताए ।

त्यस्तै स्थानीय भगीरथ लुइटेलले सडक निर्माणसंगै ग्रामीण भेगका जनतालाई आवात जावतमा सहजता हुने बताए ।

सडक निर्माणसंगै कृषि क्षेत्रको दीर्घकालीन योजना बमोजिम कृषि सडक निर्माण गरी स्थानीयस्तरमा उत्पादन र बजार वीचको अन्तरसम्बन्धलाई उत्पादनशील बनाउन पूर्वाधार विकास सम्बन्धी आयोजनाहरुमा आवश्यक प्राविधिक सेवा पु¥र्याउने उद्देश्य लिइएको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागले जनाएको छ ।

मन्त्रालयले स्थानीय पूर्वाधार नीति २०६१ अनुसार निरन्तर सालबसाली रुपमा कार्य गर्दै आएकोमा प्राविधिक जनशक्ति व्यवस्थापन, मापदण्ड र कार्यविधि तर्जुमा, अनुगमन, मूल्यांकन र गुणस्तर नियन्त्रण जस्ता क्रियाकलाप सञ्चालन गर्दै आएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here