झापामा स्वास्थ्य बिमा गर्ने महिला धेरै,सरकारी जति रेफर सेन्टर मात्र

0
1594

बिर्तामोड।

सन् २०३० सम्ममाा सम्पूर्ण नागरिकलाई वित्तीय संरक्षण प्रदान गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पु¥याउने उद्देश्यले सरकारले शुरु गरेको निःशुल्क स्वास्थ्य विमा कार्यक्रम झापामा प्रभावकारी देखिएको छ ।

२०७४ असोज २५ गतेदेखि झापामा शुरु भएको स्वास्थ्य विमा कार्यक्रममा आलू आर्थिक वर्षको चैत ३ गतेसम्मा तीन लाख ९ हजार ५ सय ३९ जनाले स्वास्थ्य विमा गरेका छनन् । स्वास्थ्य विमा गर्नेमा दमक नगरपालिका अग्रस्थानमा रहेको छ । गाउँपालिका तर्फ भने कमल गाउँपालिकाका सर्वसाधारणले धेरै स्वास्थ्य विमा गरेको स्वास्थ्य विमा वोर्ड झापाले जनाएको छ ।

स्वास्थ्य बिमा गराउनेमा महिलाको संख्या धेरै रहेको वोर्डकी शुखा प्रमुख लक्ष्मी कडेलले जानकारी दिइन् । उनका अनुसार एक लाख ६२ हजार ७ सय २४ जना महिलाले स्वास्थ्य विमा गराएका छन् भने एक लाख ४६ हजार सात सय ८८ जना पुरुषले स्वास्थ्य विमा गराएका छन् ।

स्वास्थ्य विमा गराउँदा गत मंसीर मसान्तसम्मा झापामा २२ करोड रुपैयाँ संकलन भएको र अहिले सम्ममा झण्डै २८ करोड रुपैयाँ संकलन भएको कार्यालय प्रमुख कडेलको भनाई छ ।

चालू आर्थिक वर्षमा कति जनाले कति रुपैयाँ बरावरको स्वास्थ्य विमा गरेका छन् त्यसको रेकर्ड वर्षको अन्त्यमा मात्रै निकालिने हुँदा कति विमा रकम संकलन भयो त्यसको यकिन तथ्याङ्क हुन्न कडेलले भनिन्– अहिले झापामा २८ देखि ३० हजारको हारााहारीमा ज्योष्ठ नागरिकको विमा राज्यले गरिदिएको छ उनीहरुको राजश्व राज्यले नै तिर्ने हँुदा विमित रमक यकिन हुन्न ।

स्वास्थ्य विमा गर्नेहरुमा दमक नगरपालिकामा ६४ हजार ६ सय २२ जना, गौरीगञ्ज गाउँपालिकामा ६ हजार २१ जना, अर्जुनधारा नगरपालिकामा २१ हजार सात सय ५० जना, भद्रपुर नगरपालिकामा २२ हजार सात सय ८१ जना, बिर्तामोड नगरपालिकामा ३५ हजार ९८ जनाले स्वास्थ्य विमा गरेका छन् ।

त्यस्तै वाह्रदशी गाउँपालिकामा ८ हजार चार सय ८९ जना, वुद्धशान्ति गाउँपालिकामा १२ हजार सात सय ९०, गौरादह नगरपालिकामा २२ हजार ५ सय २७ जना, हल्दिवारी गाउँपालिकामा ९ हजार ६ सय ७९ जना , झापा गाउँपालिकामा ६ हजार सात सय ६९ जना, कचनकवल गाउँपालिकामा सात हजार ७ सय १५ जना, र कमल गाउँपालिकामा २३ हजार ६ सय ९३ जनाले स्वास्थ्य विमा गराएका छन् ।

यसैगरी कनकाई नगरपालिकामा १८ हजार तीन सय ९३ जना, मेची नगरपालिकामा २४ हजार एक सय ७१ जना र शिवसताक्षी नगरपालिकामा २५ हजार तीन सय ४५ जनाले स्वास्थ्य विमा गराएको शाखा प्रमुख कडेलले जानकारी दिइन् । उनका अनुसार दैनिक स्वास्थ्य विमा गर्नेको संख्या वृद्धि भइरहेको छ ।

सरकारले प्रति परिवार ३ हजार ५ सय रुपैयाँमा पाँच जनासम्मको स्वास्थ्य विमा गर्दै आएको छ । झापामा स्वास्थ्य विमा गराएका हुनेले जिल्लाका २१ वटा अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा एक वर्षसम्म एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार प्राप्त गर्ने बताइएको छ ।

झापामा स्वास्थ्य बिमा गरेका सर्वसााधारणले मेची अस्पताल, बिएण्डसी अस्पताल बिर्तामोड, आम्दा दमक, मेची आँखा अस्पताल बिर्तामोड, धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, शनिश्चरे , बनियाँनी, सुरुङ, शिवगञ्ज, खजुरगाँछी स्वास्थ्य केन्द्र, लाइफलाइन अस्पताल दमक, दमक अस्पताल, एड्भान्स मल्टिस्पेसियलिटी दमक, कनकाई अस्पताल बिर्तामोड, दृष्टि आँखा अस्पताल बिर्तामोड, ओम मेची अस्पताल, बिर्तामोड आँखा अस्पताल , निम्स अस्पताल दमक , मेची नेत्रालय काँकरभिट्टा, दमक हस्पिटल एण्ड रिसर्च सेन्टरमा सेवा पाउने बोर्डले जनाएको छ । नेपालका ५२ जिल्लामा यो कार्यक्रम लागू छ ।

झापाका प्राथमिक स्वास्थ्य केन्द्रसहित २१ वटा स्वास्थ्य संस्थामा विमा कार्यक्रम लागू गरिएपनि अधिकांशले बिर्तामोडमा रहेको विएण्डसी अस्पताललाई उपचारका लागि रोज्ने गरेका छन् । जसका कारण विएण्डसी अस्पतालमा स्वास्थ्य जाँच गराउने विरामीको चाप उच्च रहेको पाइएको छ ।

कोरोनाको संक्रमण विश्व व्यापीरुपमा फैलिएको संन्त्रासका कारण अहिले झापाका सबैजसो अस्पतालमा स्वास्थ्य जाँच गराउन जाानेको संख्या उच्च छ । त्यसमा पनि विमा कार्यक्तम लाग्र भएका अस्पतालमा उपचार र स्वास्थ्य जाँच गराउनेका कारण अस्पताल विहानैदेखि खचाखच हुँदै आएको छ ।

विएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार विएण्डसी अस्पतालमा चैत १ गते ११ सय, २ गते १४ सय र ३ गते १३ सय बढी विरामी स्वास्थ्य जाँचका लागि आएको बताए । उनले भने – सबैलाई सेवा दिनु पर्ने हुन्छ अस्पतालमा स्वास्थ्य विमा लागू गरेपछि परीक्षणका लागि समस्या उत्पन्न भएको छ । एक जना डाक्टरले दिनभरमा कति जनालाई सेवा दिने’ प्रतिप्रश्न गर्दै उनले भने – सरकारी अस्पतालहरुले आफूलाई रेफरल सेन्टर बनाउँदा विएण्डसी अस्पतालमा विरामीको चाप बढ्यो ।

सरकारी स्वाथ्थ्य संस्थामामा आएका विरामीलाई सामान्य स्वास्थ्य जँँच पनि नगरी सोझैं विएण्डसी अस्पताल रेफर गर्ने धेरै पीएचसी छन् गिरीले भने – प्रथम विन्दूले सामान्य परीक्षण गरेर विरामी रेफर गर्ने हो भने आधा भीड हटेर जानेथियो । अहिले अस्पतालमा खुट्टा टेक्ने ठाउँछ्रन् ।

अस्पतालमा विरामीको अध्याधिक चाप बढेपछि अहिले प्रवेशद्वारामै परीक्षणका लागि थर्मलगन राखिएको छ । एक सय माथि तापक्रम भएका विरामीहरुलाई छुट्टै उपचार गर्ने व्यवस्था मिलाएका छौं उनले भने – जसका लागि अस्पतालको गेटमै विरामीको परीक्षण शुरु गरिएको हो ।

वीएण्डसी अस्पतालले स्वास्थ्य विमा शुरु गरेसंगै झापामा स्वास्थ्य विमा गर्नेको संख्यामा वृद्धि भएको बताइएको छ । स्वास्थ्य विमा वोर्डको तथ्याङ्क अनुसार झापामा प्रदेशमै धेरै सर्वसाधारणले स्वास्थय विमा गरेका छन् ।

सरकारी अस्पताल रेफरल सेन्टर बनेका कारण विमा गरेका विरामीलाई विएण्डसीमा सहज रुपमा सेवा दिन समस्या हुँदै आएको विएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले बताए । झापामा स्वास्थ्य विमा गरेका ७५ प्रतिशत मानिस विएण्डसी आउँदा थाम्नै गाह्रो भयो प्रसाईले भने – स्वास्थ्य विमा वोर्डले अस्पताललाई सहज रुपमा समयमै पैसा पनि उपलब्ध गराउन सकिरहेको छैन । सेवा भने हामीले जतिसक्दो छिटो र छरितो ढंगले दिनु परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here