नृत्य कलाकार संघको अध्यक्षमा पदम

४ चैत्र २०७६, मंगलवार ०५:५३ मा प्रकाशित
  • 289
  •  
  •  
  •  
  •  
  •  
  •  
    289
    Shares

विर्तामोड ।

Advertisement

झापा जिल्ला नृत्य कलाकार संघको अध्यक्षमा पदम तामाङ चयन भएका छन् । संस्थाको पाँचौ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिको बरिष्ठ उपाध्यक्ष राज सुब्बा लावती (हर्क) , उपाध्यक्ष प्रितम सम्वाहाम्फे र राज शेर्मा महासचिब अमन गुप्ता , सचिब बिक्रम गेलाल ( बुद्धराज), कोषाध्यक्ष रिना तामाङ चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा अफ्रोज खान , दिवश गिरी , रोहित लामगादे ( इन्द्र ब.) , अजय चौधरी , कृष्ण शाह रहेका छन् । समितिका अन्य सदस्यहरु समितिको पहिलो बैठकवाट मनोनित गरिने बताइएको छ । निर्वाचन सम्पन्न गर्न निर्वाचन अधिकृत संस्थापक संरक्षक सल्लाहकार सुनिल थापा, सदस्यहरु संस्थापक अध्यक्ष शंकर बि.क. र सल्लाहकार सुबास लिम्बु रहेका थिए ।

संस्थाका अध्यक्ष लोकचन्द्र श्रेष्ठ (एलसी )को अध्यक्षता तथा प्याब्सन झापाका अध्यक्ष एल.पी. उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बरिष्ठ नृत्य निर्देशक नेत्र उप्रेती, श्रीगणेश शर्मा , संस्थापक संरक्षक सल्लाहकार सुनिल थापा, संस्थापक अध्यक्ष शंकर बि.क. लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका वरिष्ठ उपाध्यक्ष पदम तामाङले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव राज सुब्बा लावती (हर्क) ले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here