इटहरी पनि अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र

४ चैत्र २०७६, मंगलवार मा प्रकाशित

इटहरी, 

अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाको शाखाको रूपमा यहाँ बाल अस्पताल तथा पुनः स्थापना केन्द्र सञ्चालनमा आएको छ ।

रु ८३ लाख लागतमा निर्माण सम्पन्न भएका ती भवनलाई आवश्यक पर्ने आठ कठ्ठा तीन धुर जग्गा स्थानीय दिनेश रसाइली तथा उद्धव राईले प्रदान गर्नुभएको थियो ।

विकसित देशमा शारिरीक अपाङ्गता भएका बालबालिकालाई उपचार गर्ने प्रविधि यहाँ नै उपलब्ध हुने केन्द्रका संस्थापक प्राध्यापक डा अशोक बाँस्कोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “ अपाङ्गता भएका बालबालिकाको उपचार तथा पुन:स्थापनामा सबैको ध्यान जानुपर्छ ।”

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सोमबार यहाँ आयोजित कार्यक्रममा सो केन्द्रको उद्घाटन गर्दै केन्द्रलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने जानकारी दिनुभयो । सो केन्द्रका शाखा अध्यक्ष दिनेश रसाइलीको भवन निर्माणका लागि सहयोग गर्ने नागरिक तथा समाजसेवीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here