सिकाइमा परियोजनाको महत्व

0
1226

गंगाराम गड्तौला,

सिकाइ केलाई भन्ने ? अनि सिकाइ कसरी पूर्ण हुन्छ ? हिजोआज यस विषयमा निकै चर्चा हुने गरेको छ । कक्षा शिक्षणमा विद्यार्थीले एकपटक सिकेको कुरा लिखित वा मौखिक रूपमा व्यक्त गर्न सक्यो भने सिकाइ पूर्ण भएको मानिन्छ । जसोतसो कनीकुथी सिकेको कुरा व्यक्त गर्नुलाई नै हामी पूर्ण सिकाइ मानिरहेका छौं । तर, त्यो पूर्ण सिकाइ होइन । यसैको कारण आज सिकाइ व्यावहारिक बन्न सकेको छैन । सैद्धान्तिक बन्दै गएको छ ।

नानीहरूले एकपटक मरितरी भन्न वा लेख्न जाने भने स्याबासी पाउने गरेका छन् । तर, सिकाइ स्थायी बनाउने प्रयास गरिएको पाइँदैन । हरेक कामको सफलतामा धन्यवाद वा उत्प्रेरणा दिनु गलत होइन । तर, धन्यवाद वा प्रशंसा पाउन कै लागि मात्रै सिकाइ गर्ने हो भने यसले गलत धारणा बसाउँछ । खाना खान समेत कुनै पुरस्कार दिनुपर्ने अवस्था आइरहेको छ । आफ्नो नित्यकर्म गर्नलाई पनि प्रशंसा वा पुरस्कारको चाहना गर्न थालेका छन् केटाकेटीले । यस्तो प्रक्रियाले सिकाइलाई पनि प्रभावित बनाइरहेको छ ।

आजको समस्या सिकाइको अस्थायीकरण हो । सिकाइलाई स्थायी बनाउने हो भने अधिकांश समस्या समाधान हुन्छन् । मनोवैज्ञानिकहरूले स्थायी सिकाइलाई जोड दिएका छन् । कोहलर, प्याभलब तथा स्किनर जस्ता मनोवैज्ञानिकका प्रयोगहरू स्थायी सिकाइमा केन्द्रित छन् । हामीले पढेका पनि छौं । तर, हामी स्थायी सिकाइको अभ्यासमा गएका छैनौं ।
मनोवैज्ञानिकहरूले पहिलो पटकको सिकाइलाई सिकाइप्रतिको धारणा मात्र मानेका छन् । त्यसलाई स्थायित्व दिन पटक–पटक वा बारम्बारता आवश्यक छ भनेका छन् । यसैले सिकाइका लागि बारम्बारता एक अपरिहार्य सर्त हो । स्थायी सिकाइका लागि बारम्बारता चाहिन्छ । सिकिसकेको कुरा दोहो¥याउनु अति आवश्यक छ । अभ्यस्त बन्नु जरुरी छ । तर अचेल बालबालिकाले बारम्बारताको अवसर पाउन छाडेका छन् । कुनै पनि कुरामा अभ्यस्त बनाउने प्रयास गरिँदैन । जसोतसो एक पटक जानेपछि त्यसैलाई पूर्ण मानिन्छ । कक्षा चढाइन्छ । उत्तीर्ण गराइन्छ । उत्तीर्ण गराउनु, कक्षा चढाउनु गलत होइन । तर, बारम्बारता बिनाको सिकाइ अस्थायी हुन्छ । उत्तीर्ण भएर अर्को कक्षामा गएपछि पनि दोहो¥याउन सकिन्छ ।

विशेषगरी साना कक्षामा बारम्बारता अति महत्वपूर्ण छ । अक्षरको तहबाट शब्दको तहमा लैजाँदा अक्षरहरू दोहोरिएका हुन्छन् । तिनलाई प्रयोगमा बारम्बारता अपनाउनु जरुरी छ । नर्सरी कक्षामा सिकेका वर्ण, मात्रा र अङ्कहरू दोस्रो कक्षाको एक त्रैमासिकसम्म पुनः दोहो¥याउनु पर्दछ । तर, हामी पाठ्यपुस्तक हेरेर पढाउँछौं । पाठ्यपुस्तकलाई सिधै प्रयोग गर्न थाल्छौं । अर्थात् ठूलो कुरा सिकाउनेतिर हाम्रो ध्यान जान्छ । ठूलो कुरा सिक्न त्यसको आधारभूत पक्ष राम्ररी जानेको हुनुपर्छ । तर, यो कुरा विस्मृत भइसकेको हुन सक्छ । अनि आधारभूत कुरा बिस्तारै बिर्सदै जाने बन्दछ ।

सिकाइलाई स्थायी बनाउने कार्य बारम्बारतामा मात्र सीमित रहँदैन । गरेर सिक्ने ९ीभबचलष्लन दथ मयष्लन० सिद्धान्त पनि एक हो । यसको एउटा साधन हो परियोजना कार्य । परियोजना कार्यमा विद्यार्थीले आफैले गरेर सिक्ने अवसर पाउँछन् । तर, परियोजनालाई व्यावहारिक, पाठ्यक्रम अनुकूल एवम छरितो बनाउन भने सक्नुपर्छ । हरेकजसो विषयका हरेक पाठमा परियोजना गर्न सकिन्छ । तर, परियोजना कार्य अधुरो भयो भने यसको अर्थ रहँदैन । परियोजनाका लागि समूह विभाजन, शीर्षक छनौट, खोज–अनुसन्धान, तयारी तथा प्रस्तुतीकरण जस्ता विषयमा ध्यान दिनुपर्दछ । हामी कहाँ परियोजना कार्यलाई त्रैमासिक वा मासिकरूपमा दिने चलन त देखिन्छ । तर, त्यसलाई प्रस्तुतीकरणसम्मको तहमा पु¥याएको पाइँदैन ।

प्रस्तुत नगरुञ्जेल परियोजना पूर्ण हुँदैन । परियोजनाको शीर्षक लेखेपछि प्रस्तुत गर्नेसम्मका सबै चरण विद्यार्थीले आफैं सम्पन्न गरे भने त्यो कुरा कहिल्यै बिर्सदैनन् । यसैले परियोजना दिँदा दैनिक जीवनमा आइपर्ने, व्यवहारमा लागू हुने, अनुशरण गर्न सकिनेखालका शीर्षकमा दिनुपर्दछ । तर, मुख्य कुरा चाहिँ परियोजना कार्य खर्चिलो, झन्झटिलो र अव्यावहारिक हुनुहुँदैन । विद्यार्थीमा स्थायी तथा व्यावहारिक शिक्षा आजको आवश्यकता हो । सिकेको कुरालाई दोहो¥याउने अवसर पाउनुपर्छ । त्यसैगरी आफैले भोगेर वा गरेर सिकेको कुरा दिमागमा स्थायी रूपमा रहिरहन्छ । यसका लागि शिक्षकले बारम्बारता सिकाइ तथा परियोजना सिकाइको माध्यम अपनाउनु जरुरी छ । हिजोका शैक्षणिक विधि अब पुराना बन्दै गएका छन् । एक्काइसौं शताब्दीमा युग सुहाउँदो शिक्षा दिन हामी आफै बदलिनु जरुरी छ ।

(गड्तौला कर्णाली एजुकेसन फाउन्डेशन बुद्धशान्तिका प्राचार्य हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here