चिल्ड्रेनका उत्कृष्ट विद्यार्थी पुरस्कृत

0
905

विर्तामोड ।

चिल्ड्रेन इन्भारोमेन्ट स्कूल विर्तामोड १ ले विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरेको छ । विद्यालयले शैक्षिक सत्र २०७५ को परीक्षामा कक्षा नर्सरीदेखि कक्षा १० सम्म प्रथम , द्धितिय , तृतिय हुने विद्यार्थीलाई पुरस्कृत गरेको विद्यालयका प्रिन्सिपल सन्तोष सुव्वाले वताए ।

त्यस्तै प्याब्सन झापा र प्याब्सन क्षेत्र नं १ द्वारा आयोजित विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत पुरस्कार वितरण गरिएको उनले जानकारी दिए । त्यसैगरी शैक्षिकसत्र २०७५ मा विद्यालयमा भएको हस्तलेखन, निबन्ध, नृत्य, कविता वाचन , वादविवाद ,हिज्जे ,चित्रकला , मार्सल आर्ट, अभिनयकला , वक्तृत्वकला लगायतका प्रतियोतिगतामा उत्कृष्ट हुने विद्यार्थी तथा प्रोजेक्ट वर्क राम्रो तयार पार्ने विद्यार्थीलाई समेत पुरस्कार वितरण गरिएको उनले जानकारी दिए ।

विद्यालयको सिइएस बालक्लबकी अध्यक्ष रेवा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष गोबिन्दबहादुर कार्की , सदस्यहरु राधिका फँुयाल देवी प्रसाईं, विर्तामोड वडा नं १ कि वडा सदस्य कमला मोहरा लगायतले विद्यार्थीलाई पुरस्कार वितरण गरेका थिए । कार्यक्रकाको सञ्चालन विद्यार्थी जेनिसा कार्की र युनिसा तामाङ्गले गरेका थिए ।
त्यसैगरी विद्यालयको आयोजना तथा सीटीएफ नेपालको सहकार्यमा तीन दिवशीय अभिभावक अभिमुखीकरण तालिम सम्पन्न गरेको छ ।

विद्यार्थीको शैक्षिक विकासका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने भएकाले अभिभावक अभिमुखीकरण तालिम प्रदान गरिएको विद्यालयका प्रिन्सिपल सुव्वाले वताए । कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका अभिभावकहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण सीटीएफ नेपालका प्रशिक्षकहरु सिर्जना शर्मा , यमुना तिमल्सिना र पवित्रा लामाले गरेका थिए ।

उनीहरुले तालिममा सहभागि अभिभावकलाई आफ्ना छोराछोरीको मनोविज्ञान बुझ्ने ,घरको वातावारण शान्त र सहज बनाउने ,आवश्यक निगरानी राख्ने ,मित्रवत् व्यवहार गर्ने ,छोराछोरीलाई समय दिने ,आहार, आचार र विचारमा ध्यान दिनेलगायतका कार्य गर्न सुझाव दिएका थिए । अभिभावकले त्यस्तो कार्य व्यवहारमा लागू गरे विद्यार्थीले परीक्षामा उच्च अंक ल्याएर उत्तीर्ण हुने प्रशिक्षकहरुले वताए । तालिममा सहभागि अभिभावकले तालिम फलदायी भएको वताए ।

त्यस्तै विद्यालयको आयोजनामा अन्तरिक्ष विज्ञान प्रदर्शनी गरिएको छ । काठमाडौंस्थित जीइओ साइन्स एण्ड प्लानेटेरियम प्रा.लिको सहकार्यमा विद्यालयमा गरिएको अन्तरिक्ष विज्ञान प्रदर्शनीमा कक्षा एकदेखि कक्षा १० सम्मका विद्यार्थीको सहभागिता रहेको थियो । विद्यार्थीलाई विज्ञान विषयको शिक्षासंगै प्रयोगात्मक रुपमा देखाएर थप ज्ञान आर्जन गराउने उद्धेश्यले अन्तरिक्ष विज्ञान प्रदर्शनीको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सन्तोष सुव्वाले वताए ।

१९ फिट अग्लो र आठ मिटर डाईमिटर भएको डुमभित्र प्रवेश गरेर विद्यार्थीले डिजिटल प्लानेटेरीयमको माध्यमबाट आकाशमा रहेका तारामण्डलभित्र प्रवेश गरेर ताराहरुबीच रहेको ग्रहहरुको बारेमा बुझाएको , चन्द्रमालाई नजिकबाट देखाएर बुझाएको , मंगलग्रहको जमिनलाई नजिकवाट नियालेको बताइएको छ ।

त्यस्तै फोरडी टेक्नोलोजी मार्फत आफ्नै नजिक डाइनोसर आएको , ह्वेल माछासंग पौडिएको , अनौठो रोलर कोष्टर , जोम्वर ल्याण्डभित्र यात्रा गरेको अनुभव लिएको वताइएको छ ।
ेकार्यक्रमको सहजीकरण जीइओ साइन्स एण्ड प्लानेटेरियम प्रा.लिका निमा राई लगायतले गरेका थिए ।

त्यस्तै महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट वच्न विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुलाई २० सेकेण्डसम्म हात धुन लगाउने , स्यानिटेशनको प्रयोग गर्न लगाउने, तातो पानीको प्रयोग गर्न लगाउने ,माक्सको प्रयोग गर्न लगाउने लगायतका कार्य गरिरहेको प्रिन्सिपल सुव्वाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here