कोरोना भाइरसको प्रभाव : इलाममा पर्यटकको कमी

५ चैत्र २०७६, बुधबार मा प्रकाशित

इलाम,

प्रदेश १ को पर्यटकिय स्थल इलामको श्रीअन्तुमा पर्यटकको चहल पहल कोरोना भाइरसको त्रास बढे सगै पर्यटकको आगमनमा भारी मात्रामा कटौती भएको छ ।

कोरोना भाइरसको त्रास बढे सगै पर्यटकको आगमनमा भारी मात्रामा कटौती रहेको अन्तु पर्यटन ब्यावसायी संघ इलामका सचिव रुद्र घिमिरेले बताए । प्राकृतिक सौन्दयताले भरिपुर्ण स्थलको रुपमा रहेको इलामको पर्यटन ब्यावसाय नै धरासायी बनेको उनले बताए ।

इलामको सुर्योदयको सौन्दयताको साथै विभिन्न सामाजिक एवम सास्कृतिक सस्कृति झल्कने किसिमको सुन्दरताको अवलोकन गर्ने आउने पर्यटक हाल आन्तरिक मात्र बढी जसो भएको सचिव घिमिरेले बताए ।

प्रदेश १ को मुख्य पर्यटकिय स्थलको रुपमा रहन सफल भएको श्री अन्तुमा सञ्चालीत होटल ब्यावसाय तथा अन्य पर्यटक ब्यावसाय प्रत्यक्ष रुपमा प्रभावित भएको उनले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here