बजारमा उपभोग्य वस्तुको अभाव हुन दिन्नः मन्त्री भट्ट

५ चैत्र २०७६, बुधबार मा प्रकाशित

अशोक घिमिरे/काठमाडौँ,

सरकारले दैनिक उपभोग्य वस्तुको कुनै अभाव हुन नदिने प्रतिबद्धता दोहो¥याउँदै खाद्यवस्तुको अनावश्यक सञ्चिति नगर्न पुनः आग्रह गरेको छ । नेपाल जनप्रशासन सङ्घ [पान] ले आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजना गरेको ‘कोरोनाको प्रभावः आपूर्ति व्यवस्था’ विषयको कार्यक्रममा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न, औषधिलगायत वस्तुका कुनै पनि अभाव नभएको बताउनुभयो ।

खाद्यान्नलगायत अत्यावश्यकीय वस्तुको कुनै अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै उहाँले त्यसको सम्पूर्ण जिम्मा आफूले लिने बताउनुभयो । ग्यासको अनावश्यक सञ्चितिले आपूर्ति प्रणालीमा असर गर्ने मात्र नभई गम्भीर प्रकारको दुर्घटनासमेत निम्त्याउन सक्नेतर्फ उपभोक्तालाई सचेत गराउँदै उहाँले सिलिण्डर थुपार्ने काम नगर्न आह्वान गर्नुभयो ।

आपूर्ति व्यवस्थामा कुनै प्रभाव पर्न नदिन आफू सशस्त्र द्धन्दको समयमा झै दिनरात खटिइरहेको उल्लेख गर्दै उहाँले आपूर्ति व्यवस्थालाई चुस्त बनाउन मन्त्रालयको सिङ्गो टोली इमान्दार भएर लागेको बताउनुभयो । “कसैलाई दोष दिने ठाउँ छैन्”, उहाँले भन्नुभयो । मन्त्री भट्टले सङ्कटका बेला सबैलाई एकै ठाउँमा गोलबन्द हुन आह्वानसमेत गर्नुभयो । “सङ्कटका बेला निजी क्षेत्र र जनताले पनि सहयोग गरिदिनुपर्छ”, उहाँले भन्नुभयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त मात्रामा चामल र साल्ट ट्रेडिङसँग पनि पर्याप्त नुन र चिनीको मौज्दात रहेको जानकारी दिँदै आवश्यक परेको खण्डमा जहाँ, जुन जिल्लामा उपभोग्य वस्तुको अभाव हुन्छ त्यहाँ आपूर्ति गरिने बताउनुभयो ।

आज बिहानमात्र आफूले कालीमाटीस्थित तरकारी बजारको अनुगमन गरेको जानकारी दिँदै मन्त्री भट्टले तरकारी तथा फलफूलको आपूर्ति र मूल्यमा कुनै समस्या नरहेको पाएको बताउनुभयो । “मैले त्यहाँ व्यापारीसँग पनि छलफल गरेँ”, उहाँले भन्नुभयो, “व्यापारीले कुनै पनि अभाव नभएको बताउनुभयो, तरकारी तथा फलफूलको आयात भइरहेको छ ।” चिनियाँ स्याउ र लसुनमा केही मूल्य बढेको र अन्य वस्तुको मूल्य घट्दो क्रममा रहेको पाइएको उहाँले जानकारी दिनुभयो ।

आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले सङ्कटका बेला उपभोग्य वस्तुको अभाव हुन्छ भनेर हल्ला फैलाउनेभन्दा पनि संयमतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । अत्यावश्यक वस्तुको अभाव हुन्छ भनेर अनावश्यक रुपमा सञ्चित नगर्न अपिल गर्दै उहाँले डराउनु नपर्ने बताउनुभयो । कालोबजारी, कृत्रिम अभाव, बढी मूल्यमा बिक्री गर्नेलाई कडा कारबाही हुने उल्लेख गर्दै मन्त्री दुगडले त्यस्ता व्यापारीलाई कुनै पनि हालतमा नछाडिने चेतावनी दिनुभयो ।

छलफलमा साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष लक्ष्मीदास मानन्धरले करिब एक लाख ३९ हजार ८०६ मेट्रिक टन नुनको मौज्दात रहेको जानकारी दिँदै यसले करिब १० महिनाको माग धान्ने बताउनुभयो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्र सुवेदीले आपूर्ति प्रणालीमा कुनै समस्या नभएकाले विश्वस्त हुन उपभोक्तालाई आग्रह गर्नुभयो । “सरकारी कम्पनी साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पर्याप्त मात्रामा उपभोग्य वस्तु मौज्दात रहेको छ” उहाँले भन्नुभयो ।

बजारलाई अस्तव्यस्त बनाउने र गैरव्यावसायिक अवस्था सिर्जना गर्नेलाई कडाभन्दा कडा कारबाही हुने बताउँदै उहाँले सरोकारवाला निकायसँगको समन्वयमा बजार अनुगमनलाई तीव्रता दिइएको बताउनुभयो । नेपाल खुद्रा व्यापार सङ्घका पूर्वअध्यक्ष पवित्र बज्राचार्यले बजारमा पर्याप्त मात्रामा खाद्यवस्तु रहेको जनाउँदै आत्तिनुपर्ने अवस्था नआएको बताउनुभयो । “बजारमा हल्ला भएजस्तो अभाव छैन, सामान ढुवानीका क्रममा केही समस्या देखिँदा त्यसको प्रभाव परेको हो ।”

औषधि थोक व्यवसायी सङ्घका अध्यक्ष शिव बाँस्कोटाले अहिलेकै अवस्थामा करिब ६ महिनालाई पुग्ने औषधि मौज्दात रहेको भन्दै नआत्तिन आग्रह गर्नुभयो । “तपाईंहरु ढुक्क हुनुहोस्, औषधिको पर्याप्त मौज्दात छ, यदि कोरोना फैलिएमा आयातकर्ताबाट फार्मेसीसम्म लैजाने व्यवस्था सरकारले मिलाइदिनुपर्छ”, उहाँले भन्नुभयो ।

ढुक्क भएनन् उपभोक्ता अधिकारकर्मी

सरकारले उपभोग्य वस्तुको कुनै पनि अभाव हुन नदिने प्रतिबद्धता दोहो¥याए पनि उपभोक्ता ढुक्क हुन सक्ने अवस्था नआएको उपभोक्ता अधिकारकर्मीको भनाइ छ । उपभोक्ता अधिकारको पैरवी गर्दै आएको संस्था कञ्जुमर आइ नेपालका महासचिव रञ्जन खनालले बजारमा व्यापक मात्रामा अनियमिता, कालोबजारी र कृत्रिम अभाव भइरहेको भन्दै सरकारको उपस्थिति नदेखिएको बताउनुभयो । उपभोग्य वस्तुको अभाव हुँदैन भनेर सरकारले उपभोक्तालाई विश्वस्त पार्न नसकेको उहाँको भनाइ थियो ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले आपूर्ति तथा उपभोक्ता नीति तत्काल ल्याउन आग्रह गर्दै उपभोक्ता अधिकारसम्बन्धी छलफलका नाममा ‘छल’ गर्ने र ‘फल’ खाने प्रवृत्ति त्याग्न आग्रह गर्नुभयो । “जनताले सरकारलाई विश्वास गर्न नसक्दा बजार अनियन्त्रित भइरहेको छ, सरकार जिम्मेवार बन्नुपर्छ, सरकारले जनतालाई विश्वास दिलाउन सक्नुप¥यो”, उहाँले भन्नुभयो ।

राष्ट्रिय उपभोक्ता मञ्चका सचिव गोविन्द सुवेदीले उपभोक्तामा अनावश्यक सामग्री थुपार्ने, सङ्कटका बेला धेरै मूल्य तिर्न पनि तयार हुने प्रवृत्तिले गर्दा बजार अस्तव्यस्त बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “व्यवसायीमा नाफाखोरी प्रवृत्ति बढ्यो, सङ्कटका बेला व्यापारीले नाफा खानेभन्दा पनि सेवा गर्नेतर्फ ध्यान दिनुपर्छ ।”

‘रोडम्याप’ बनाउन सुझाव

सङ्घले आपूर्ति व्यवस्थालाई सहज बनाउन निजी क्षेत्रको सहभागितामा ‘रोडम्याप’ बनाउन सरकारलाई सुझाव दिएको छ । सङ्घका अध्यक्ष कृष्णहरि बाँस्कोटाले उपभोक्ता अधिकारका सम्बन्धमा सम्पूर्ण नागरिकमा जागरण ल्याउनुपर्नेमा जोड दिँदै दण्डहिनताको अवस्था अन्त्य गर्दै कानून कार्यान्वयनमा नियामक निकायले तदारुकता देखाउनुपर्ने बताउनुभयो ।

प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर कालोबजारी, कृत्रिम अभाव रोक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै उहाँले आपूर्ति व्यवस्थाका बारेमा जनतालाई सत्यतथ्य जानकारी दिन आग्रह गर्नुभयो । “आपूर्ति व्यवस्थालाई सहज बनाउन निजी क्षेत्र अगाडि आउनुपर्छ, मन्त्री एक्लै हिँडेर हुँदैन, निजी क्षेत्रपनि सँगसँगै हुनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here