विद्यालय समय हेरफेर गर्नु अघि सोचौं

६ चैत्र २०७६, बिहीबार मा प्रकाशित

रमेश पानी पोख्रेल,

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मन्त्रालयहरुले कुन स्तरको सोच राखेर काम गर्छन् र निर्णयमा काठमाडौ केन्द्रित सोच कति हावी हुन्छ ? भन्ने कुरा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिद्यालय समय हेरफेर गरी आगामी शैक्षिक सत्रदेखि ९ बजेदेखि ४ बजेसम्म बनाउन कार्ययोजना तयार गरि शिक्षा मन्त्रालयलाई निर्देशन दिएको घटनाले उदांगो पारेको छ ।

अन्य कार्यालय र बिद्यालयको कार्यालय समय समान भएकाले सडकमा हुने ट्राफिक जाम कम गर्न यस्तो कार्ययोजना लागू गर्ने तयारीमा संघीय सरकार देखिन्छ । प्रदेश सरकारभन्दा पनि काठमाडौ महानगरपालिकाले यो कार्ययोजना बनाइरहेको भए त्यसमा अन्यथा मान्नुपर्ने थिएन । काठमाडौ र केही शहरी क्षेत्रलाई मात्र हेरेर निर्णय गरिरहँदा त्यसबाट हुने केही गम्भीर तथ्यलाई नजर अन्दाज गर्न मिल्दैन । ताप्लेजुङदेखि डडेलधुरासम्म दुर्गमका बिद्यार्थी अझै पनि दुई–तीन घण्टा पैदल हिँडेर मात्र स्कुल पुग्छन । स्कुल समय बिहान चाँडै शुरु गर्दा गाउँमा पनि स्कुल छन् र टाढा–टाढाबाट दुर्गमका बिद्यार्थी भेला हुन्छन् भन्ने कुरा भुल्नु हँुदैन । होस्टलको ब्यवस्थाका बारेमा पनि सोच्नुपर्छ ।

निजी स्कुलहरू अहिले १० बजे नै लाग्दा त साना नानीहरु आठै बजे स्कुल बस चडी सक्नुपर्ने अवस्था छ । स्कुलका गाडी चर्को आवाजमा हर्न बजाउँदै टाढा–टाढा बाट बिद्यार्थी संकलन गर्छन् । अभिभावकहरु पनि आफूले चाहेको स्कुलमा पढाउन पाएँ भनेर सन्तुष्ट होलान् । तर स–साना बालबालिकाले प्रत्येक दिन तिन चार घण्टा गाडीमा कोचिएर सकसपूर्ण यात्रा गर्दा कस्तो प्रभाव परेको होला ? स्कुल समय अझ बिहान सार्दा कति बेला उठ्ने ? कति बेला खाने हतार–हतार गर्दै तयार हुँदा उनीहरुको खानपान मै असर त पर्दैन ? एउटा स्कुलको कभरेज एरिया कति हुने कति टाढासम्मबाट बिद्यार्थी संकलन गर्न पाउने निक्र्योल गर्ने बेला भएको छ । स्कुलहरु शैक्षिक संस्थाभन्दा बढी यातायात व्यवसायी जस्ता देखिन्छन् । प्रत्येक स्कुलसँग आठ दश वटा ठूला गाडी छन् । स्कुलको पाँच सय मिटरभित्रको दुरीबाट पनि बिद्यार्थी गाडीमा चडेर स्कुल आउ–जाउ गर्छन् ।

त्यस्ता बिद्यार्थीलाई स्कुलले नै प्रोत्साहन गर्छन् । सवारी साधन प्रयोगको शुल्क लिन पाउँछन् तर थप खर्च लाग्दैन । नजिकका बिद्यार्थीलाई हिँडेर स्कुल जान प्रोत्साहन गर्नुपर्छ, साइकल चलाउन प्रोत्साहन गर्नुपर्छ । जसले उनीहरुको शारीरिक, मानसिक बिकासमा ठूलो योगदान गर्छ भने अभिभावकको पनि खर्च घटाउँछ ।

स्कुललाई बिद्यार्थी बोक्ने थोरै मात्र गाडी खरिदको अनुमति दिने, धेरै पुराना गाडी प्रयोगमा प्रतिबन्ध लगाउने, सवारीसाधनमा बिद्यार्थी बोकेको निश्चित शुल्क तोक्ने मात्र हो भने त्यसले धेरै कुरा नियन्त्रण गर्छ । निजी स्कुलमा अध्ययनरत् बालबालिकाका अभिभावकले सवारी साधनको चर्को शुल्कको मार खाइरहँदा राम्रो पढाई हुने सरकारी स्कुलमा पनि गाडीको व्यवस्था गरिदिन अनुरोध गर्दै अभिभावकहरु पुग्ने गरेका छन् । शुल्क तिरेर प्राइभेट स्कुलमा पढाउने क्षमता नभएका तर गाडी भाडा तिरेरै भए पनि राम्रो पढाउन चाहने त्यस्ता अभिभावकको माग सरकारले सम्बोधन गर्नुपर्छ र गाडी किनिदिनु पर्छ ।

धेरै शैक्षिक संस्थाहरु बिहान ६ देखि १० बजेसम्म ११÷१२ कक्षा र त्यो भन्दा माथिल्लो तहका कक्षाहरु र दिउँसो बिद्यालय तहका कक्षाहरु एउटै भवनमा चलाउँछन् । त्यस्ता शैक्षिक संस्थाले बिहानको कक्षा कति बजे शुरु गर्ने बिचार पु¥याउनुपर्छ । बिद्यालय समय परिवर्तन गरी बिहान छिटै शुरु गर्नु अघि यि सबै पक्षमा ध्यान दिनु पर्छ ।
काठमाडौ र केही शहरका सडकमा हुने ट्राफिक जाम कम गर्न पूरै देशभरिको बिद्यालय समय परिवर्तन गर्न हँुदै हुँदैन ।

शिक्षा सम्बन्धी निर्णय स्थानीय तहले गर्न सक्छ । काठमाडौ र अन्य ट्राफिक जामको समस्या खेपिरहेका स्थानीय निकायले आफ्नो क्षेत्र भरी लागू हुने गरी अन्य सरोकारवाला पक्षसँग समन्वय गरी आवश्यक निर्णय गर्न सक्छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संघीय मन्त्रालयहरुले तत् स्थानीय निकायलाई समस्या समाधानका लागि निर्देशन दिनुको साटो काठमाडौ खाल्टो भित्र देखिएको समस्याको समाधान गर्न देशैभरि बिद्यालय समय हेरफेर गर्ने निर्णय लिनु काठमाडौकेन्द्रित सोचको पराकाष्ठ हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

1 COMMENT

  1. समसामयिक कारण राम्रोसँग उठान गर्नु भा’छ तर यसमा शनिबार र आइतबार दुई दिने छुट्टीको पनि प्रावधान सम्मिलित गरिने सम्भावना भएकोले समय बडाउनुको बाध्यता आवश्यक भएको म ठान्दछु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here