मेचीनगरमा दुई स्थानमा क्वारेन्टाइनको तयारी

0
438

काँकरभिट्टा ।

विश्वभर नोवल कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि मेचीनगर नगरपालिकाले नगरका दुई अलग अलग स्थानमा क्वारेन्टाईनको तयारीको व्यवस्था गरेको छ ।

पूर्वीनाकाबाट यसको संक्रमण रोक्न हालसम्म नगरपालिकाको तर्फबाट भए गरेका कार्यहरु सार्वजनिक गर्न विहीबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख विमल आचार्यले नगरको ७ नम्बर वडामा रहेको माइती नेपालको भवन तथा ११ नम्बर वडामा रहेको स्वास्थ्य चौकीमा क्वारेन्टाइन स्थापना गर्ने जानकारी दिनुभयो । आइसोलेसनका लागि मेचीनगर—१० मा रहेको वर्थिङ सेन्टरलाई तयारी गर्ने पत्रकार सम्मेलनमा प्रमुख आचार्यले जानकारी गराउनुभयो ।

उहाँले आम नगरवासीलाई हल्लाको पछि नलाग्न र यस्तो परिस्थितिमा आ आफ्नोक्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो । नगरपालिकाले अघि सारेका हरेक काममा संघीय, प्रदेश तथा विभिन्न रानीतिक दल, नागरिक समाज, विभिन्न संघ संस्थाहरुबाट आवश्यक सहयोग प्राप्त भइरहेको भन्दैं थप सहयोगको अपेक्षा स्थानीय सरकारले गरेको प्रमुख आचार्यले बताउनुभयो ।

चीनलगायत विश्वका विभन्नि देशमा यस्को संक्रमण भए लगत्तै नेपाल प्रवेशको पुर्वीद्रवारबाट यो संक्रमण भित्रिन र फैलिन नदिन भन्दैं माघ १४ गते नोवल कोरोना भाइरस परामर्श सहायता कक्षमा स्थापना गरी स्वास्थ्यकर्मी परिचालन गरेर यो नाका भएर ओहोर दोहोर गर्ने सवैको ज्वरो मापम गर्न शुरु गरेको थियो ।

नाकालाई थप व्यवस्थित बनाउन र अनावश्यक भीड नियनत्रणका लागि दर्जनबढी संघ संस्थाहरु सक्रिय रहेको उहाँको भनाई थियो । नगरभित्रका सिनेमा हल जीम सेन्टर तत्काल बन्द गरिएको र क्यासिनो बन्द गर्नका लागि सूचना गरिएको उहाँको भनाई छ ।

यस्तो बेलामा औषधिलगायत अन्य वस्तुको कृत्रिम अभाव सिर्जना र कालो बजारी हुने भन्दैं नगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको अनुगमन समितिका संयोजक एवम् नगर उप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो । उहाँले शुरुमा नगरभित्र सञ्चालनमा रहेका औषधि पसलको अनुगमन गरेपनि अब खाद्य, मासुलगायतका पसलको अनुगमन गर्ने बताउनुभयो ।

नगरपालिकामा नगरप्रमुख संयोजक र उपप्रमुख सह संयोजक रहने गरी नगरपालिका स्तरीय समन्वय समिति तथा प्रत्येक वडामा कम्तिमा एउटा तथा बढीमा आवश्यकता बमोजिम वडा स्तरीय समन्वय समिति गठन गरिसकेको उपप्रमुख उप्रेतीको भनाई छ ।

फागुन ११ गतेदेखि चैत ६ गतेसम्मको तथ्याङ्क अनुसार ६० हजारबढीको तापक्रम मापन गरेको १८ जनालाई सामान्य भन्दा बढी तापक्रम भएकाले भारततर्फ फिर्ता पठाइएाके र एकजना नेपालीलाई भारतबाट फिर्ता ल्याएको भएपनि तापक्रम सामानय रहेको पत्रकार सम्मेलनमा बताईयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here