तीन तहको सरकार कोरोना नियन्त्रणका लागि जुटेको छ – कार्की

0
753

लक्ष्मी उप्रेती /झापा।

१ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले नेपालमा अहिलेसम्म नोवल कोरोना भाइरसको संक्रमण नदेखिए पनि कोरोनाका भाइरस नेपाल भित्रिने सम्भावना बढेको बताउनुभएको छ ।

विहीबार पूर्वीनाकाको स्थलगत अवलोकनमा आइपुग्नु भएका मन्त्री कार्कीले झापा जिल्लास्थित सुरक्षा निकायका प्रमुख स्थानीय सरकार, राजनीतिक दललगायतसँग छलफल गदैं यस्तो बताउनुभएको हो । अहिले विश्वमा नोवल कोरोना भाइरसको त्रास भएका बखत नेपालमा अहिलेसम्म संक्रमण नभेटिएपनि विश्व स्वास्थ्य संगठनको मुल्याकंनमा उच्च जोखिममा रहेको स्पष्ट पादै. मन्त्री कार्कीेले नेपालमा मित्रराष्ट्रमा काम गरेर फर्किने नेपालीहरुको ठुलो संख्या फर्किएरहेकाले यसमा सवैले विचार पुर्याउन आग्रह गर्नुभयो ।

उहाँले यस्तो संक्रमण बाट बचाउन तीनै तहको सरकारले आफ्नो सामाथ्र्यले भ्याएसम्म उच्च तयारी गरीरहेको बताउनुभयो । यसका लागि उहाँले सवैमा धन्यवाद ज्ञापन गदैं सरकारले सवैखाले ठुला भेला भेटघाट आवगमन बन्द र २५ जना भन्दाबढीको भेला नगर्न थप निर्णय गरेको जानकारी गराउनुभयो । यसमा छुटेको हाटबजार र खुला बजार बन्द गर्ने निर्णय गर्ने यस्ता प्रकृतिका गतिविधि रोक्न आवश्यकता औल्याउनुभयो ।

१ नम्बर प्रदेश सुरक्षा समन्वय समितिको बैठकले अरु नाका बन्द गरेर काँकरभिट्टा र जोगवनी खुला राख्ने त्यहाँ चाहिने स्वास्थ्य, सुक्षा तथा अरु प्राविधिक जनशक्ति उपलब्ध गराउन सामाजिक मन्त्रालयलाई निर्देशन गरिसकेको जानकारी गराउनुभयो ।

बजेट निकासा गर्दासम्म बजारमा किन्न नपाएको यसले गर्दा प्रदेश सरकारले संघीय सरकारसँग यसको माग गरेको र संघीय सरकारबाट केह िसामान आएको बताउनुभयो । मन्त्री कार्कीले अनावश्यक भीडभाडमा नजान र स्वास्थ्यमा ध्यान दिनसमेत आग्रह गर्नुभयो ।

छलफलमा १ नम्बर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगर, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद पराजुली, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रेश्मकुमार थक्सु, मेचीनगर नगरपालिकाका प्रमुख विमल आचायर्, उपप्रमुख मीना पोखरेल उप्रेती, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेल, सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेललगायतले काँकरभिट्टा नाकाको समस्याका बारेमा मन्त्री कार्कीलाई अवगत गराउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here