मोरङ ।
मोरङ पथरी शनिश्चरे–६ शान्ति चोकका ३९ बर्षीय मनबहादुर विकको करेन्ट लागेर मृत्यु भएको छ ।
गयराती आफ्नै भान्साघरमा बिजुली बत्ती मर्मत गरिरहेका मन बहादुरलाई एक्कासी करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।