झापामा मास्कको कालोबजारी गर्ने दुई जना पक्राउ

0
965

झापा ।

कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको समयमा देशभर मास्कको कालोबजारी भइरहेको पाइएको छ ।

बजारमा ५ रुपैयाँसम्ममा पाइने सर्जिकल मास्कलाई १७ रुपैयाँमा बिक्री गर्ने झापामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा गाँउपालिका–४ का श्रवण माझी र अजिम अन्सारी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका उनीहरुले मास्क राखिएको गोदाम र ठाँउ भने बताउन मानेनन् । तर, उनीहरु मास्कको १ हजार स्याम्पल लिएर बिर्तामोडमा आएपछि पत्रकारको सहयोगमा नियन्त्रणमा लिएको हो ।

पत्रकारले खरिदकर्ता बनेर डिल गर्दा उनीहरुले १० हजार पिस मास्क लिए १७ रुपैयाँसम्ममा दिन सक्ने बताएका थिए । उनीहरुको सम्पर्क भारतीय व्यापारीहरुसँग समेत देखिएको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here