भोजपुरमा बस र जडाजबाट भित्रिने यात्रुलाई ‘हेल्थ डेस्क’

0
522

भोजपुर,

कोभिड–१९ बाट जोगिन भोजपुरको एक मात्र टक्सार विमानस्थलमा स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ । जहाजबाट आएका यात्रुका कारण रोगलाई अन्यत्र फैलिन नदिन कक्ष सञ्चालनमा ल्याइएको हो ।

भोजपुर नागरिक उड्डयन कार्यालय, भोजपुर नगरपालिका र स्वास्थ्य कार्यालय भोजपुरको सहकार्यमा विमानस्थलमा सहायता कक्ष स्थापना गरिएको हो । विमानस्थलमा चिकित्सक र दुई प्यारामेडिक्स र नर्सिङ स्टाफ कक्षमा छन् । उनीहरुले जहाजबाट झरेका यात्रुको अवस्था बुझेर शङ्कास्पद देखिएमा तत्काल अस्पताल पठाउने प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिनुभयो ।

यस्तै जिल्ला अस्पताल भोजपुरमा १० श्ययाको आइसोलेसन श्यया स्थापना गरिएको छ । कोरोना भाइरसको प्रकोप बढ्न नदिन जिल्ला अस्पताल भोजपुरमा आइसोलेसन श्यया स्थापना गरिएको हो ।

त्यस्तै भोजपुरमा बसका माध्यमबाट यात्रु भित्रिने मुख्य नाका अरुण गाउँपालिकाको जरायोटारमा पनि स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको हो । जिल्ला भित्रिने यात्रुको जाँचका लागि डेस्कको स्थापना गरिएको वडा नं ७ का अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here