विर्तामोडमा यात्रुलाई नि:शुल्क मास्क

0
710

विर्तामोड।

कङ्गारु एजुकेशन फाउण्डेशन विर्तामोडले विर्तामोडमा यात्रुलाई नि:शुल्क मास्क वितरण गरेको छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न विर्तामोड भएर यात्रा गर्ने यात्रुलाई नि ःशुल्क मास्क वितरण गरेको कङ्गारु एजुकेशन फाउण्डेशनका एकेडेमिक विभागिय प्रमुख रोषन शाहले बताए ।

बिर्तामोडमा किनमेल गर्न आउने तथा विर्तामोड भएर यात्रा गर्ने यात्रुलाई कोरोना भाइरसविरुद्ध सचेतना प्रदान गर्दै एक हजार थान मास्क नि:शुल्क वितरण गरेको उनले बताए ।

कङ्गारु एजुकेशन फाउण्डेशनका कर्मचारीले यात्रुलाई स्यानीटाइजरको प्रयोग गर्न सिकाउँदै मास्क वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here