एम्बुलेन्सको ठक्करबाट दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते

0
888

उदयपुर ।

उदयपुरको त्रियुगा–९ झिल्के चोकका६२ बर्षीय तिलक दनुवार र सोही स्थानका १४ बर्षीय रोशन दनुवारको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।

झिल्के चोक स्थित बाटो छेउमा बसिरहेका दुबैजनालाई चुहाडेबाट गाईघाट तर्फ आउदै गरेको स १ झ ४७७ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा गम्भिर घाईते भएकोमा तिलकको उपचारको क्रममा गयराती जिल्ला अस्पताल उदयपुरमा र रोशनको न्युरो अस्पताल बिराटनगरमा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसैगरी उनीहरुसगै बसेका ३२ बर्षीय राज कुमार दनुवारलाई समेत सोही एम्बुलेन्सले ठक्कर दिँदा गम्भिर घाईते भएकोमा उनको न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेको छ ।

ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक सन्तोष खत्रीलाई नियन्त्रणमा लिइएको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here