विर्तामोड ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल बिर्तामोड नगर समितिको अध्यक्षमा ओमभक्त सेढाई चयन भएका छन् ।
विर्तामोडमा भएको उपभोक्ताहरुको भेलाले सेढाईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्ष भिमा शिवाकोटी सचिव राजु गौतम कोषाध्यक्षमा किसोर भट्टराई चयन भएका छन् ।
त्यसैगरी समितिको सदस्यहरुमा सन्तोष अग्रवाल , कृष्ण बिमली, श्रीप्रसाद मिश्र, यसोदा पोखरेल र रमेशकुमार खरेल चयन भएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपाल प्रदेश नम्वर १ कमिटीका सदस्य तथा बिर्तामोड नगर इञ्चार्ज याम विमलीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
नवगठित समितिले उपभोक्ताको हक , हित र अधिकारको क्षेत्रमा विविध कार्यहरु गर्ने वताइएको छ ।































