बुधबारे ।

बुधबारे शाना शहरी खानेपानी तथा उपभोक्ता समिति बुद्धशान्ति झापाले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को न्यूनिकरणको लागि धारा तथा साबुन पानीको व्यवस्था गरेको छ ।
बुद्धशान्तिका बिभिन्न चोक बजार, टोलमा गरी करिव ८ ठाँउमा धारा र साबुन पानीको व्यवस्था गरेसंगै सम्पूर्णलाई सुरक्षित रहन आग्रह समेत गरिएको समितिका अध्यक्ष लय भण्डारीले बताएका छन् ।
उनले आवश्यकता अनुसार अन्य ठाउँहरुमा समेत राख्ने बताए ।































