भारतमा जनता कफ्यू लागेपछि नेपाल प्रवेशको पूर्वीनाका सुनसान

0
740

लक्ष्मी उप्रेती / काँकरभिट्टा ।

भारतसँग सीमा जोडिएको पूर्वीनाका काँकरभिटटा भएर भारततर्फ जान सर्वसाधारणलाई रोक लगाएको छ । भारत सरकारले समेत आइतबारदेखि जनता कफ्यू जारी गरे पछि दुवैतर्फबाट मानिसहरुको आवतजावत पातलिदा आइतबार नाका सुनसशान झै बन्यो । विश्वभर नोवल कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारत सरकारले भारतमा जनता कफ्यू लागू गरेको छ । नेपालतर्फबाट पनि आवत जावतमा रोक लगाए पनि पुर्वी नाका ठप्प झै भएको हो ।

कोरोना भाइरसको महामारी रोकथामका लागि भारत सरकारले नेपालसँग सीमाना जोडिएका रानीगञ्ज, रक्सौल, बनवासा र सुनौली बाहेक सवै नाका बन्द गरेको थियो । भारतमा जनता कफयू जारी भएपछि अहिले भारतको पश्चिम बंगालको रानीगञ्ज नाकाबाट समेत मानिसलाई आवत जावतमा रोक लगाईएको नेपाली सुरक्षा अधिकारीको भनाई छ । काँकरभिट्टा नाका भारत सरकारले खुला गरेको रानीगञ्ज नाकासँग जोडिएको छ ।

पछिल्लो समय यो नाका भएर बंगलादेश अध्ययनका लागि तथा महाराष्ट्र, केरला बैङ्लोरलगायत रोजगारका लागि गएका नेपालीहरु मात्र फर्किन क्रम छ । केही महिनाअघि देखि शुरु नेपालको काठमाण्डौदेखि पश्चिम बंगालको सिलिगुडी सम्म सञ्चालित नेपाल भारत मैत्री संघको यातायातको सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ ।

सन् २०१९ को डिसेम्वरदेखि चीनको वुहानबाट फैलिएको कोरोनाका सक्रमण विश्वभर पुगेपछि नेपाल प्रवेशको पुर्वीद्वार काँकरभिट्टामा समेत स्थानीय सरकारले निक्कै सतर्कता अप्नाएको छ । मेचीनगर नगरपालिकाले नगरका क्रियाशील संघ संस्था, नागरिक समाज, राजनीतिक समाज, उद्योगी व्यवसायीहरुसँग दैनिक जसो छलफल, बजार अनुगमन, नाका भएर आवतजावत गर्नेमाथि कडा निगरानी र अनिवार्य स्वास्थ्य परीक्षण गरेको छ ।

आइतबारदेखि नगरको प्रमुख व्यपारीक केन्द्रविन्दु काँकरभिट्टा, इटाभट्टा, धुलावारी, धाइजन चारआलीलगायतका बजारमा अत्यावश्यक पसलबाहेक नगरक्षेत्रभित्र सञ्चालनमा रहेका होस्टल, क्यासिनो,पुल हाउस, जिम सेन्टर, डान्सवार, डिस्को क्लब सिनेमाहल समेत चैत मसान्तसम्म बन्द भएका छन् ।

नगरपालिकाले औषधि पसल तथा खाद्यन्नका अतिअत्यावशयक पसलहर नियमत सञ्चालन गर्न र औषधि, खाद्यन्न, मास्क सेनेटाइजर,पेट्रोलियम पदार्थहरुको व्यवस्थापन, विक्री वितरण र ढुवानी कार्य पारदर्शी र प्रभावकारी ढंगबाट गरी आम उपभोक्तालाई सेवा दिन उद्यमी व्यवसायीहरुमा आग्रह गरेको छ ।

नगरमा सञ्चालित कल कारखाना तथा उद्योगमा भारतबाट आएर काम गर्ने मजदुर भए तत्काल रोक्न, नगरक्षेत्रमा उत्पादति खाद्य वस्तु नगरबाहिर लैजानु परे स्थानीय सरकारसँग पराशर्म गरेर मात्र लैजान नगरपालिकाले भनेको छ । साथै नगरक्षेत्रमा सञ्चालित औषधि व्यवसायीहरुलाई नगरमा मास्क तथा सेनेटाइजरलगायतका वस्तुको कृत्रिम अभाव हुन नदिन तथा सेवाग्राहीलाई चुस्तदुरुस्त सेवा प्रवाह गर्न र आवश्यक परे स्वय्म सेवकको भूमिका निर्वाह गर्न आग्रह गरेको नगरपालिका प्रमुख विमल आचार्यले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here