सरकारले ऋणमा व्याज मिनाह गर्न व्यवसायीको आग्रह

९ चैत्र २०७६, आईतवार मा प्रकाशित

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

मेचीनगरका विभिन्न व्यावसायीहरुले बैंकले आफुले लिएको ऋणमा केही प्रतिशत व्याज मिनाहा गरी सुविधा दिन आग्रह गरेका छन् । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको असर होटल, यातायातदेखि ट्राभल व्यवसायसम्म प्रत्यक्ष देखिएका कारण आर्थिक नोक्सान व्यहोर्नु परेको भन्दैं व्यवसायीले सरकार समक्ष्म यस्तो आग्रह गरेका हुन् ।

विश्वभर नोवल कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । यसैका कारण पैदलमार्ग हुदैं पुर्वीनाका भएर नेपाल आउने पर्यटकको संख्या घटेपछि मेचीनगरका होटल तथा ट्राभल व्यवसाय संकटमा परेको छ ।

सन् २०१९ को डिसेम्वरदेखि चीनको वुहानबाट फैलिएको कोरोनाका कारण यतिखेर पुर्वीनाकामा सञ्चालित होटल तथा ट्राभल व्यवसाय प्रायः सुनशान झै छ । अध्यगमन कार्यालय कार्यालय काँकरभिट्टाका अनुसार काँकरभिट्टा भएर नेपाल घुम्न आउन विदेशीको संख्या शुन्य झै छ । अहिले बंगलादेशमा अध्ययनका लागि गएका नेपाली विद्यार्थीहरुमात्र यो नाका भएर फर्किने गरेको कार्यालय प्रमुख जनक कोइरालाले बताउनुभयो ।

मेची उद्योग बाणिज्य संघ मेचीनगरका सचिव रविचन्द्र नेपालका अनुसार संघमामात्र करीव ५ हजार बढी विभिन्न उद्योगी व्यवसायी आवद्ध छन् । नगरभरिको यस्तो संख्या हुर्ने हो भने १५ हजार बढी छन् । सवैको अवस्था निक्कै नाजुक र दयनिय छ । भइरहेको व्यवसायलाई सञ्चालन गर्ने कुनै उपाय छैन् । पसलमा मानिसको चहलपहल छैनु न्यून छ ।

धेरै उद्योगी व्यवसायीहर पलायन हुने अवस्था छन । यस्तो अवस्थामा सरकारले वैंकबट ऋण लिएर व्यवसाय सञ्चालन गरेका छ् । यस्ता व्यवसायीहरुले व्याज त के मासीक किस्ता सम्म बुझाउने अवस्था छैन् र यसमा नेपाल सरकारले केही सम्बोधन गर्नुपर्ने उहाँको भनाई छ ।

आन्तरिक तथा बाह्य पर्यटकका भरमा चलेका मेचीनगरका होटल तथा ट्राभल व्यवसायले पछिल्लो समय दैनिक हजारौं रुपैयाँको आर्थिक भार व्यहोर्नु परेको सम्बद्घ व्यवसायीहरु बताउछन् । अन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर नगरका होटल व्यवसायीहरुले थप सुविधा प्रदान गरेको भए पनि विश्वभर फैलिएको कोरोना संक्रमणका कारण सुविधा लिनेको संख्या निक्कै कम छ । कोभिड १९ को संक्रमण विश्वभर फैलिँदै गएपछि मानिसको चहलपहल पनि पातलिएको ट्राभल व्यवसायी संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्र बताउनुहुन्छ ।

क्षेत्रीय होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ गोपाल नेपालमा स्थलमार्गबाट धेरै पर्यटक भित्रिने नाका काँकरभिट्टालाई पर्यटकमैत्री सहर बनाउने प्रयासमा स्थानीय सरकारदेखि नगरका विभिन्न व्यवसायीहरु लागेपनि नोवल कोरोना भाइरसको संक्रमणका कारण पछिल्लो दुईमहिनादेखि सवै प्रयास असफल भएको बताउनुहुन्छ । व्यवसाय चौपट्ट भएपछि सरकारले व्यवसायीहरुको पीरमर्का बुझिदिएर राहत स्वरुप व्याज मिना गर्नुपर्नेमा उहाँको जोड छ । मेचीनगरमा ठुला र साना गरी दुईसय २२ वटा होटल रहेका छन् ।

यतिखेर सुविधा सम्पन्न होटल, रमणीय पार्क, व्यवस्थित यातायातको सुविधा, आधुनिक प्रविधियुक्त चेकजाँच र पर्यटन प्रहरीको परिचालनले काँकरभिट्टा पर्यटकीय सहरको रुपमा विकसित हुदै गएपनि केही महिना अघिदेखि भने सवै क्षेत्र सुनशान झै छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन काँकरभिट्टामा पर्यटन सूचना कक्ष निर्माण गरिएको थियो भने पर्यटन कार्यालयले देशभरिका पर्यटकीय स्थलहरुको बारेमा जानकारी दिने विभिन्न प्रचार सामग्री पर्यटकहरुलाई उपलब्ध गराउँदै आएको छ ।

काँकरभिट्टाका विभिन्न स्थानमा नेपालका महत्वपूर्ण पर्यटकीय स्थलको जानकारीमूलक बोर्ड राखिएको छ । पर्यटकलाई गन्तव्यसम्म पुर्याउन स्थल तथा हवाई यातायातको सुविधाका लागि आवश्यक सबै प्रबन्ध काँकरभिट्टामै उपलब्ध भएको १ नम्बर प्रदेश स्तरीय पर्यटन प्रवद्र्घन समितिका सदस्य एवम् नाटाका संस्थापक महासचिव उदयकुमार श्रेष्ठको भनाई छ ।

भारतको पश्चिम बंगाल, आसाम र सिक्किमबाट नजिक रहेको र भूटान, बंगलादेश र म्यानमार (बर्मा)बाट आउने पर्यटकको प्रवेशद्वार समेत काँकडभिट्टा नै भएकाले नेपाल आउने पर्यटकलाई लक्षित गरेर काँकडभिट्टा र आसपास क्षेत्रमा पाँचतारेसहितका ठूला होटल बनिएका छन् भने विदेशीहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि तीन वटा क्यासिनो सञ्चालनमा छन् । आज ती सवै सुनसान झै छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here