बीरगञ्ज।
पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको छ । बीरगञ्जका एक प्रतिष्ठित व्यापारीमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको हो ।
बिरामीलाई कोरोना भाइरसको संक्रमण भएको भारतस्थित पटना मेडिकल कलेजको पुष्टि गरेको हो । ६ दिन अघि बिरामीलाई वीरगञ्जको गण्डक अस्पतालले पटना रिफर गरेको थियो ।
संक्रमित ती व्यापारीले केही दिन अघि घरमा नै बोलाएर चिकित्सकलाई देखाए पछि उनलाई गण्डक अस्पताल लगिएको थियो ।
यता पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले पनि यो विषयको पुष्टि गर्दै ती व्यापारीका परिवारलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो ।–न्यूज २४ बाट साभार
भारतमा उपचार ब्यक्तिको कोरोना नेगेटिभ आएको छ । परिवारका सदस्य र प्रमुख जिल्ला अधिकारीको भनाई सहित न्यूज २४ ले प्रकाशित गरेको समाचार साभार गर्दा आम पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा याचना गदछौं ।






























