युएईका नेपालीलाई संयमित हुन राजदूत ढकालको अनुरोध

0
658

सुर्य खवास / युएई ।

कोरोना भाईरसका कारण युएई सरकारले नेपालीहरुलाई सामुहिक रूपमा नेपाल फर्काउदै भन्ने समाचार केही अनलाईनमा प्रकाशित भए पश्चात नेपाली दुतावसले शनिवार एक प्रेस विज्ञप्ती सार्बजनिक गर्दै समाचारको खण्डन गरेको छ ।

अन्य मुलुकको तुलनामा युएइमा कोरोना भाइरसको प्रभाव कम देखिएको बताउदौ कोरोना भाइरसको फैलावटका कारण चिन्तित रहेका नेपालीहरुलाई महामहिम राजदूत कृष्णप्रसाद ढकालले संयमित हुन अनुरोध गरेका छन् ।

राजदुत ढकालले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि युएइ सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरू प्रभावकारी र उदाहरणीय रहेको प्रष्ट पार्दै युएइ सरकारले जारी गरेका सूचना अनुरूप आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान दिनहुन, भीडभाडबाट सकेसम्म टाढै बस्नहुन र स्वस्थ आहारविहारमा जोड दिएकाछन ।

अहिलेसम्म युएईमा कोरोनाबाट संक्रमितहरुको उपचार पनि उच्चस्तरीय, गुणस्तरीय र प्रभावकारी रूपमा भइरहेको बताउँदै राजदूत ढकालले वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका सबै नेपालीहरुलाई जहाँ भए पनि उच्च मनोबलका साथ रहन र यससम्बन्धी कुनै जिज्ञासा वा समस्या भएमा युएइ सरकारका सम्बन्धित निकायहरू र नेपाली राजदूतावास, अबुधाबीमा सम्पर्क राख्न पनि राजदूत ढकालले अनुरोध गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here