प्रदेश सरकार एक्सन प्लान बनाएर कार्यान्वयनमा जुट्यो–राई

१० चैत्र २०७६, सोमबार ११:३५ मा प्रकाशित
  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

लक्ष्मी उप्रेती / काँकरभिट्टा ।

Advertisement

१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले कोरोनाको संक्रमण भित्रिन नदिनका लागि प्रदेश सरकारले व्यवस्थित एक्सन प्लान बनाएर त्यसको कार्यान्वयनमा लगातार जुटिरहेको बताउनुभएको छ ।

सोमबार भारतको रानीगञ्ज नाकासँग सीमा जोडिएको नेपाल प्रवेशको पहिलो द्वार पूर्वी काँकरभिट्टा नाकाको स्थलगत निरीक्षणमा आइपुग्नुभएका मुख्यमन्त्री राईले स्थानीय सञ्चारकर्मीहरुसँग यस्तो बताउनुभएको हो ।

यसैको परिणम स्वरुप प्रदेशका विभिन्न जिल्लामा करीव ५ सयको हाराहारीमा क्वारेन्टाईनहरु तयार भइसेकेको र आइसोलेसन अस्पताल निर्माणको काम शुरु भइसेकेको जानकारी गराउनुभयो । केहदिनअघिमात्र मोरगंको टाडीमा निर्माण भएको क्वारेन्टाइनको प्रत्यक्ष अवलोकन र निरीक्षण गरेको भन्दैं उहाँेले त्यहा २ सय वेडको क्वारेनटाइन तयार भएको जानकारी दिनुभयो । नागरिकहरुलाई क्वारेन्टाइनमा निःशुल्करुपमा राख्ने खानाको उचित प्रवन्ध गर्ने उहाँको भनाई थियो ।


प्रारम्भिक चरणमा प्रदेशभरिका ६ वटा अस्पतालमा अइसोलेसन वाडको तयारी गरेको तथा एकहप्ता भित्रमा ५० शैयाको आइसोलेसन अस्पताल तयार गर्ने गरी काम शुरु गरेको र त्यसपछि कुन कुन निजी तथा सरकारी अस्पतालहरुलाई खाली गर्नुपर्छ वा अन्य कुनै त्यस्ता पूर्वाधारहरुलाई आइसोलेसन वाड अस्पतालको रुपमा प्रयोग गर्नुपर्छ प्रदेश त्यसका निम्ती सरकारले सवै अध्ययनका काम गरिरहेको भन्दैं मन्त्री राईले अहिले एकसयको हाराहारीमा आयसोलेसनको वेड तयारी अवस्थामा राखेको मुख्यमन्त्री राईको भनाई थियो ।

जनताको स्वास्थ्यका लागि प्राप्त सुविधा भनेकै आफ्नो सुरक्षाका लागि सचेत भएर सावधानी अप्नाउने, अनावश्यक भीडभाडमा नजाने मुख्य कुरा भएकाले त्यसकुरालाई ध्यानमा राखेर अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन, हाटबजारलगायतका भीभाडमा नजान, ठुलो संख्यामा जम्मा नहुन मन्त्री राईले प्रदेशवासीलाई आग्रह गर्नुभयो ।

भारतको रानीगञ्ज नाकासँग सीमा जोडिएको नेपाल प्रवेशको पहिलो द्वार पूर्वी काँकरभिट्टा नाकाको स्थलगत निरीक्षण र अवलोकन गरिरहदा आफुले यहाँको समस्याका बारेमा जानकारी लिएको र बुझ्ने काम गरेको मुख्यमन्त्री राईले प्रष्ट पार्नुभयो । यसनाकामा देखिएको केही समस्याको समाधानतर्फ प्रदेश सरकार तत्काल लागेको र अहिले मात्रै पनि थुप्रै नेपालीहरु काँकरभिट्टा नाका भएर नेपालतर्फ आउन लागिरहेको प्रत्यक्षरुपमा आफुले देखेको बताउदैं उहाँले नेपाल सरकार प्रदेश सरकारले तोकेको मापदण्ड पुरा गरेर सरकारले भनेको कुरा मान्ने गरी सवै प्रक्रिया अवलम्बन गर्ने हिसावमा उहाँहरुको प्रवेश हुने जानकारी दिनुभयो ।


नेपाल सरकारले सवै नाका लक गरीसकेको अवस्था रहेको हुदाँ प्रदेश सरकार अत्यन्तै सम्वेदनशील रहेको भन्दै मुख्यमन्त्री राईले यो सम्वेदनशील गम्भीर घडीमा जुनसुकै प्रकारको परिस्थितीको सामाना गर्नका निम्ति पनि पनि नेपाल सरकार तयार र सक्षम रहेको रहेको आम जनताहरुलाई मुख्यमन्त्री राईले विश्वास दिलाउनुभयो । प्रदेशवासी जनताको सुरक्षाका निम्ती सम्पुर्ण जिम्मेवारी लिन प्रदेश सरकार तयार रहेको र तीनै तहको सरकारबीच यसका लागि समन्वय र सहकार्य भइरहेको जानकारी दिनुभयो ।

मन्त्री राईले आजसम्म जुन व्यवस्थापन गरीरहेका छौ त्यसले अव धान्न नसक्ने भन्दैं निक्कै कडा सावधानी अप्नाउनु पर्ने सरकारले कडाइ गरेको छ त्यसैले अब यो नाकाबाट प्रवेश गर्ने हरेक नागरिकले १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नै पर्ने भएकाले चेकजाच कडा हुन्छ त्यसको निम्ती यहाँ आवश्यक सामानको व्यवस्थापमा सवै जुट्ने, चेकजाचका लागि कति घण्टा बसनुपर्छ त्यसमा सवैले धैर्य गर्नुपर्ने आत्तिनु पर्ने डराउनु पर्ने असन्तुष्ट जनाउनुपर्न कुनै कारण नभएको भनाई थियो । यो विश्वव्यापीरुपमा मानवजातिलाई आईपरेको संकट भएको उहाँको भनाई थियो ।

१ नम्बर प्रदेशका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, १ नम्बर प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकीसहित सुरक्षा निकायका उच्च अधिकारीहरुको टोलीलाई मेचीनगर नगरपालिका प्रमुख विमल आचायृ र उपप्रमुख मीना पोखरेल उप्रेतीले विविध विषयमा जानकारी गराउनुभएको थियो । मन्त्री राईसहितको टोलीले पूर्वीनाकाको मेचीपुल, नोवल कोरोना भाइरस परामर्श सहायता कक्षलगायतका बारेमा जानकारी लिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here