एक घर एक स्वास्थ्यकर्मी अबको आवश्यकता

११ चैत्र २०७६, मंगलवार ०८:२६ मा प्रकाशित
  • 67
  •  
  •  
  •  
  •  
  •  
  •  
    67
    Shares

भुवन तामाङ,

Advertisement

कहिलेकाहिँ प्रसंग चल्ने गर्दछ कि नेपालको शिक्षा निकम्मा छ । एम.ए. या पि.एच.डी. गरेकाहरुमा समेत सीप हुदैनन् । केवल सिद्धान्त घोकेर आएका हुन्छन् । विद्यालय, विश्वविद्यालय शिक्षा सकेर अपवाद बाहेक कसैले पनि उद्योग, व्यापार, व्यावसाय या कुनै पनि सीपमूलक इलम गरी स्वावलम्वी बनेको पाइदैन । विद्यालय, विश्वविद्यालयका उत्पादनहरु सबैजसो जागिरको खोजीमा हुन्छन् न कि उद्यमी बन्ने । नेपालको शिक्षामा सुधार ल्याउन धेरै कदम चालिए तर उद्यममुखी भने हुन सकेनन् ।

अर्को प्रसंग पनि उठ्ने गर्दछ कि सबै नेपालीलाई सैनिक तालिम दिइनु पर्छ ता कि भबिष्यमा देशको सुरक्षामा खतरा आयोभने सबै नेपाली देश रक्षाको लागि लड्न योग्य होउन् । त्यस्तैगरी व्यक्तिगत सुरक्षाका लागि आत्मरक्षा तालिम लिनुपर्छ भन्ने तर्कहरु पनि सुनिने गर्दछन् ।

तर, हाल विश्वमा भैरहेको कोरोना भाइरस संक्रमणको घटनालाई मध्यनजर गर्दा ‘एक घर एक स्वास्थ्यकर्मी’को अवधारणा लागू गरिनु अबको आवश्यकता देखिन्छ । स्वास्थ्यको क्षेत्रमा नेपाली जनताहरु बिल्कुलै अनभिज्ञ छन् भन्दा बढी हुदैन होला । उच्च शिक्षा हासिल गरेकाहरुलाई समेत सामान्य रोगको रोकथाम र उपचारबारे सामान्य उपाय पनि थाहा हुन्नन् ।

कस्तो अवस्थामा सिटामोल, निको या डिकोल्ड या साइनेक्स ट्याब्लेट सेवन गर्ने ? यति पनि छुट्याउने ज्ञान हुँदैन नेपालका शिक्षितहरुमा पनि । यो कस्तो बेपर्वाह या कमजोरी हो ? दशरुपैँयाको दवाई के का लागि, कसरी, कति मात्रा र कति दिन सेवन गर्नु पर्छ भन्ने नजानेर नेपालीहरु कम्तीमा दशहजार खर्चन बाध्य छन् र त्यति कै दुःख पाउन पनि । यस्तो स्थिति भएको हाम्रो देशमा कोरोना भाइरसको संक्रमण सघन भैदियो भने कस्तो भयावह स्थिति आउँछ होला ? अनुमान गरौँ त । महामारीको स्थिति आउँदा अन्तर्राष्ट्रिय सहयोग या संयुक्त राष्ट्र संघीय सहयोग आउँछ भन्ने आशा गर्नु स्वभाविकै भएपनि महामारीको सामना खुद् नेपालीहरु आपैmले गर्न सक्नु चाहिँ निकै बुद्धिमानी, सुरक्षित र भरपर्दो उपाय हुनसक्छ ।

नेपालमा प्राथमिक स्वास्थ्य केन्द्र र त्यसमाथिका स्तरका अस्पतालहरुमा मात्र डाक्टर (एम.बि.बि.एस.) तहका स्वास्थ्यकर्मी हुन्छन् । स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकीहरुमा डाक्टर तहको दरवन्दी हुने गरेका छैनन् । यसले के देखाउँछ भने नेपालमा डाक्टर तहका स्वास्थ्य जनशक्ती धेरै कम छन् । अहिलेसम्म डाक्टर अभावको ठूलो समस्या भोग्नु परेको छैन तर कोरोना भाइरस जस्तो डरलाग्दो संक्रमणलाई मध्यनजर गर्दा डाक्टर तहको स्वास्थ्य जनशक्ती धेरै कम हुनजाने निश्चित छ । नेपाल लगायत विश्वमै डाक्टर पढ्न धेरै महंगो पर्ने गरेको छ । त्यसैले डाक्टर उत्पादन पनि कम हुने गरेका छन् । नेपालमा मेडिकल कलेज त छन् तर ती निकै महंगा र विभिन्न समस्यामा जेलिएका छन् । सरकारले नियमन गर्न सकिरहेको छैन । यी मेडिकल कजेलबाट उत्पादित डाक्टरहरु पनि नेपालका लागि निक्कै नै कम हुन्छन् यदि कोरोना भाइरस जस्तो महामारी पैmलियो भने ।

भाइरस तथा ब्याक्टेरियाजन्य सिजनल रोग निपट्न डाक्टरतह भन्दा मुनिका स्वास्थ्य जनशक्ती पनि योग्य हुन सक्छन् । अहिलेसम्मका अभ्यासहरुले यही देखाउँछ तर कोरोना भाइरस जस्तो जटिल महामारी पैmलिएको अवस्थामा भने डाक्टर र सो भन्दा कम तहका स्वास्थ्य जनशक्ती पनि अभाव हुने निश्चित छ । ठूला विपत्मा डाक्टरहरुलाई सहयोग गर्ने स्वास्थ्य जनशक्ती यीनै त हुन् ।

ठूला महामारीका बेला डाक्टर लगायत स्वास्थ्यकर्मी व्यवस्थापन कसरी गर्ने भनेर सरकारले भरपर्दो योजना बनाएको देखिदैन । अब भने ढिला गर्नुहुन्न किनकि, बढीमा दशकको अन्तरालमा विश्वमा ठूला महामारी आइरहेको छ । नेपालमा झाडा पखाला, भाइरल ज्वरो, फ्लू र डेंगु जस्ता महामारी बारम्बार आइरहेकै छन् । मौजुदा स्वास्थ्यकर्मीहरुले जसोतसो भ्याइरहेका छन् तर कोरोना भाइरस जस्तो महामारी आएमा मौजुदा स्वास्थ्यकर्मी पक्कै पनि निक्कै कम हुनेछन् । यस्तो अवस्थामा के गर्ने ? उत्तर छैन ।

भरपर्दो उपायको रुपमा, विद्यालय तथा विश्वविद्यालय तहमा एउटा विषय ‘चिकित्सा’ पढाएर महामारीजन्य रोगको रोकथाम तथा उपचारका लागि स्वास्थ्यकर्मी तयार गर्नु निकै उपयुक्त हुन्छ । विद्यालय तहमा सामान्य स्वास्थ्य शिक्षा दिइन्छ तर यसलाई सघन शिक्षाको रुपमा विकास गरिनु अब ढिला गरिनु हुन्न । यसो गर्दा प्रत्येक घरमा कम्तिमा एक स्वास्थ्यकर्मी उपलब्ध हुनेछन् । जसले महामारी रोकथाम गर्न, संक्रमण रोक्न र उपचार गर्न निकै सहज र परिणाममुखी हुनेछ । बिरामीहरुलाई डाक्टरले हेर्नुभन्दा अघिका र पछिका समयमा टेककेयर गर्ने मध्यमस्तरका स्वास्थ्यकर्मी घरघरै भएपछि महामारी निपट्न अवश्यपनि सहज हुनेछ ।

नेपालमा प्रविणता प्रमाणपत्रतह भन्दा कम तहका स्वास्थ्य या चिकित्सा शिक्षा नदिने नीति नेपाल सरकारले लिएको छ । यसको असर कस्तो पर्ने हो हेर्न बाँकी छ । बेरोजगारी समस्या भने अबश्य नै तिम्त्याउने छ तर नेपालको सबैजसो अस्पताल तथा क्लिनिकहरुमा प्रविणता प्रमाणपत्रतह मुनिका स्वास्थ्यकर्मीहरुले डाक्टरहरुलाई सघाइरहेका छन् । यो तहको जनशक्ती हटाउने हो भने नेपालका अस्पतालहरु अधुरा हुनेछन् । यदि विद्यालय (दशजोड दुईसहित) तथा विश्वविद्यालय तहमा एक विषय मध्यमस्तरका स्वास्थ्यकर्मी उत्पादन गर्ने विषय (महामारीजन्यका लागि) समावेश गरे देशमा भविष्यमा आउने जस्तोसुकै महामारी निपट्न सकिन्छ । जनताहरुलाई तत् स्थानमै क्वारेन्टाइन या आइसोलेसनमा राख्न देखि डाक्टर या विशेषज्ञबाट जाँच हुनुभन्दा अघि गरिने तयारी देखि जाँच पछिको उपचार, हेरचाह, फलोअप आदिका लागि पर्याप्त स्वास्थ्यकर्मी उपलब्ध हुनेछन् ।

यसो गर्न सम्भव नभए, शहर बजार तथा गाउँगाउँमा अनिवार्य रुपमा महामारी रोकथाम, उपचार सम्बन्धी उपयुक्त अवधीको स्वास्थ्य तालिम दिने व्यवस्था मिलाउनु पर्छ । महामारी पैmलिइसक्दा मौजुदा स्वास्थ्यकर्मी अपर्याप्तताको शिकार जनताहरु कदापि बन्नु हुन्न । यस्तो हुनु त सरकारको निकम्मापना या अयोग्यता हुन जान्छ । जनताको अमूल्य जीवनको रक्षा राज्यले अबश्य गर्नु नै पर्दछ, जुनसुकै मूल्यमा । कुनै न कुनै भरपर्दो वैकल्पिक उपायको खोज आजको आवश्यकता हो । कम्तिमा पनि ‘एक घर एक स्वास्थ्यकर्मी’ उत्पादन या व्यवस्था अबकोमात्र होइन भबिष्यको टड्कारो आवश्यकता हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here