दुर्घटनाबाट एक जनाको मृत्यु

११ चैत्र २०७६, मंगलवार मा प्रकाशित

ओखलढुङगा ।

ओखलढुङगा मानेभञ्ज्याङ ५ की २५ बर्षीया पबित्रा राईको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ ।

आज बिहान ११ बजे मानेभञ्ज्याङ जेरुङ गाउँ स्थितमा हर्कपुरबाट मानेभञ्ज्याङ तर्फ आउँदै गरेको ना ६ त ७३६० नम्बरको ट्र्याक्टर र बिपरित दिशाबाट आउदै गरेको बा ६३ प ९३५५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा पछाडी सवार रहेकी पबित्रा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

मोटरसाईकल चालक सोही स्थानका २४ बर्षीय सुजन राई र सोही मोटरसाईकल पछाडीनै सवार रहेका अर्का १९ बर्षीय सनम राई घाईते भएकोमा उनिहरुको मिसन अस्पतालमा उपचार भईरहेको छ ।

ट्र्याक्टर र ट्र्याक्टर चालक नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here