कोरोना सतर्कता:फाकफोकथुम गाउँपालिकाले गर्‍यो आवश्यक तयारी

१३ चैत्र २०७६, बिहीबार ०२:४९ मा प्रकाशित
  • 233
  •  
  •  
  •  
  •  
  •  
  •  
    233
    Shares

युद्धबहादुर बोहोरा / इलाम।

Advertisement

संसारभरमा फैलिएको ‘कोभिड –१९’ को महामारीबाट बच्ने र सतर्कता रहन फाकफोकथुम गाउँपालिकाले निर्णय सहित आवश्यक कामको थालनी गरेको छ।

कार्यपालिकाको बैठकबाट पालिकाको विपद व्यवस्थापन कोष रु.१८ लाखलाई वृद्धि गर्न कार्यपालिका सदस्यको मासिक पाउने सेवासुविधाबाट एक महिनाको रकम कोषमा जम्मा गर्ने, कोरोना भाईरस संङ्क्रमित बिरामीहरुलाई सुरक्षित राख्न पालिकाको केन्द्र आमचोकमा २० शैँयाको क्वारेन्टाइन स्थल तत्काल निर्माण गरिने भएको छ।

बजारमा दैनिक उपभोगग्य सामाग्रीको सहज आपूर्ति गराउँन तथा कृत्रिम अभाव र कालोबजारीको नियन्त्रण गर्न अनुगमन समिती गठन गरेको बताइएको छ। प्रत्येक वडाको टोल तथा सार्बजनिक स्थानमा हातधुने साबुनपानीको व्यवस्था, सात वटै वडाको हेल्थ डेक्सबाट मास्क बितरण र मास्क उत्पादनको तयारी गर्ने जनाएको छ।

संङ्क्रमणकालिन अवस्थामा सुरक्षित खट्ने कर्मचारीहरुलाई नेपाल सरकारले तोकेबमोजिम प्रोत्साहन भत्ता उपलब्ध गराउने साथै कुनै कर्मचारी कोरोना भाईरस नियन्त्रणको शिलशिलामा संङ्क्रमित भए दुई लाख रुपैयाँ प्रदान गरिने निर्णय पारित गरिएको उपाध्यक्ष सरस्वती राई (सरु)ले जानकारी दिइन्।

विदेशबाट आएका मानिसहरुलाई गाउँपालिकाको व्यवस्था नहुन्जेल सम्म सेल्फ क्वारेन्टाईनमा बस्न लगाउने साथै संङ्क्रमणको शंका लागेमा तत्काल उपचारमा पठाउने व्यवस्था गरिने उनले बताइन्। स्वास्थ्य परिक्षण गर्न आवश्यक सामाग्री खरिद तथा सम्बन्धित निकायमा माग गर्दै दैनिक मजदुरी गर्ने परिवारलाई समस्या नहोस् भन्ने उदेश्यले दैनिक उपभोग्य खाद्य सामाग्री आवश्यक मात्रामा गाउँपालिकाको केन्द्र आमचोकमा भण्डार गरिने लगायतका निर्णय पारित गर्दै काम अघि बढाइएको छ।

सञ्चार माध्यमद्वारा जनतालाई कोरोना भाईरसबारे थप जनचेतना वृद्धि गर्न गराउँदै सबैको जीवन रक्षाको लागि पर्ने जनाए संगै सबैलाई नेपाल सरकारले जारी गरेको सूचना पालना गर्न आग्रह गरिएको छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here