स्पेनले सबै निजी अस्पतालहरू राष्ट्रियकरण गर्‍यो

१३ चैत्र २०७६, बिहीबार मा प्रकाशित

एजेन्सी ।

स्पेनिश सरकारले कोरोनाभाइरस (कोभिड -१९)को संक्रमण विरूद्ध लड्नका लागि नीजि अस्पताल र स्वास्थ्य सेवा प्रदान गर्ने स‌ंस्थाहरुलाई राष्ट्रियकरण गरेको छ। पेड्रो सान्चेज सरकारले सोमबार स्पेनका सबै निजी स्वास्थ्य संस्थाहरूको सुविधालाई राष्ट्रियकरण गर्दै कोरानाभइरसको संक्रमणलाई सार्वजनिक नियन्त्रणमा राख्ने घोषणा गरेको हो ।

उक्त कदमको घोषणा स्पेनका स्वास्थ्यमन्त्री साल्भाडोर ईलाले गरेका हुन्। उनले स्पेनमा मेडिकल अध्ययनरत चौथो वर्षका विद्यार्थीलाई पनि देशको स्वास्थ्य सेवामा सहयोग पुर्‍याउन आग्रह गरेका छन् । जबकि मेडिकल उपकरण उत्पादन गर्न सक्षम कम्पनीहरूले सरकारसँग सम्पर्क राख्नुपर्दछ।

कोरोना भइरसबाट चीन बाहिरका सबैभन्दा बढी प्रभावित देशहरू मध्ये स्पेन एक हो। स्पेन सरकारले कोरोनाभाइरसको प्रकोप विरूद्ध लड्न धेरै असाधारण कदमहरू चाल्यो। यहाँ गत हप्ता राष्ट्रिय आपतकालको अवस्थाको घोषणा गरिएको छ। स्कूल र सार्वजनिक ठाउँहरू बन्द गरिएको छ । नागरिकहरूलाई आवश्यक काममा वा खाद्यान्न र औषधि जस्ता आवश्यक चीजहरू किन्न मात्र घर बाहिर जान अनुरोध गरेको छ ।

‘स्पेन सरकारले आफ्ना सबै नागरिकहरुको सुरक्षाका लागि आवश्यक कदम चालिरहेको छ। र यथोचित असुविधाको साथ महामारीको गति सुस्त बनाउनको लागि सही जीवन अवस्थाको ग्यारेन्टी गर्नेछ,’ सान्चेजले भने।

स्पेनको राजधानी म्याड्रिडका सुपरमार्केट र फार्मेसीहरु बाहेक रेस्टुरेन्ट, बार र अधिकांश पसलहरू पनि बन्द छन्। अधिकारीहरूले नागरिकहरूको आवागमनको अनुगमन गर्न ड्रोन प्रयोग गर्दैछन्। स्पेनमा सोमबार ९ हजार १ सय ९१ जनामा ​​यो भाइरसको पुष्टि भएको थियो भने यस संक्रमणबाट ३ सय ९ जनाको मृत्यु भएको थियो। – बिजनेस ईन्साइडर

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here