राष्ट्रसेवक प्रहरी हुँ भन्दा गर्वले छाती ढक्क फुल्छ

१३ चैत्र २०७६, बिहीबार मा प्रकाशित

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखा पर्न थालिसकेको छ । सरकारले मंगलबारबाट एक साताका लागि देश लकडाउन गरेको छ । नागरिकलाई स्वास्थ्य राख्नु राज्यको दायित्व हो । कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै जोखिममा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी रहेका छन् । सरकारले स्वास्थ्यकर्मीहरुलाई विशेष भत्ताको ब्यवस्था समेत गरेको छ । तर संधै सडकमा उत्रिने सुरक्षाकर्मीको विषयमा सरकार मौन रहेको छ ।

मंगलबार राती करिब ११ बजेतिर फोनको घण्टी बज्यो । भाई निदाई सकेको ? छैन दाई, काम गर्दै छु अब चाँहि सुत्नु पर्ला । हो पेशाले हामी प्रहरी र पत्रकार हौं तर नाताले दाजुभाई । त्यसो भए एउटा कुरा भन्छु है भन्नु भयो । अनि शुरु हुन्छ उहाँको भनाई– राष्ट्र र राष्ट्रियताका लागि मर्न समेत तयार भएर देशको सिँदुर लगाएर आज प्रहरीको जागिर खाई रहेको छु । राष्ट्र सेवक प्रहरी हुँ भन्दा गौरव लाग्छ । तर, कुनै समस्या पर्दा सबैभन्दा पहिले पुग्ने प्रहरीको सुरक्षा तथा सुविधाको विषयमा सरकार किन मौन छ । म भन्न चहान्छु प्रधानमन्त्री ज्यू के हामी प्रहरी दोस्रो दर्जाका नागरिक हौं । होइन भने स्वास्थ्यकर्मीलाई भत्ता र सुविधा दिने निर्णय गर्दा हामी सुरक्षाकर्मीको विषयमा किन एक शब्द बोलिएन ?

कोरोना भाइसर मात्र होइन, विभिन्न राजनीतिक आन्दोलन, विद्रोह, भूकम्पको विपत्ति, बाढी र पहिरो लगायतका संकटका घडीमा हामीले आफ्नो परिवारभन्दा पहिला जनताको समस्यालाई समाधान गर्दै आएका छौं । अहिले पनि हामी जस्तो सुकै काम गर्न पनि तयार छौं ।

परिवारभन्दा पहिला राष्ट्रको जिम्मेवारी सम्झेका छौं त्यसैले त म राष्ट्र सवेक प्रहरी हुँ भन्दा गर्वले छाती ढक्क फुल्छ । देश अहिले लकडानको अवस्थामा छ यो बेला सबैले घरमा बसेर सहयोग गर्नु पर्नेमा रमिता हेर्नेहरु धेरै छन् । हामी प्रहरी सडकमा निस्किेका छौं । हामीलाई पनि हाम्रो स्वास्थ्यको ख्याल गर्न मन कहाँ नभएको हो र तर सरकारले दिएको जिम्मेवारी दिनरात नभनी सम्हालिरहेका छौं । यो अवस्थामा सरकारले थोरै भएपनि हामीलाई प्रोत्सहान दिन जरुरी ठानेको छु जसरी स्वास्थ्यकर्मीहरुलाई भत्ता र सुविधा दिएको छ ।

घर श्रीमतीलाई पनि त भन्न मन छ हामीलाई सरकारले यस्तो सुविधा दिएको छ । यो बेला हामीले अझ जिम्मेवार भए काम गर्नुपर्छ । तर, के गर्नु राज्यले हामीलाई दोस्रो दर्जाको ब्यवहार गरिरहेको छ ।
ढिलै भएपनि भाई यो हाम्रो कुरा बाहिर ल्याइस भने सरकारले हाम्रो विषयमा पनि केहि बोल्ने छ भन्ने आशा गरेको छु । सबै दुःख थाहा छदैंछ । पक्कै पनि हाम्रो विषयमा पनि तैंले बोल्ने छस् भन्ने आशा राखेको छु । ल सुतौं है गुडनाइट भाई ।

काल्पनिक पात्र मार्फत गरिएको मनोविश्लेषण

प्रस्तुति :नरेन्द्र ढकाल

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here