गोविन्द सुवेदीले विरामी कुरुवालाई निशुल्क रिचार्ज गरिदिने


१४ चैत्र २०७६, शुक्रबार ०२:२८ मा प्रकाशित

सुरुङ्गा, विव्यव्यापि कोरोना भाइरस (कोभीड १९) का कारण देश संकटमा परिरहेको वेला झापा कनकाई नगरपालिका ३ सुरुङ्गा निवासी समाजसेवी युवा गोविन्द सुवेदीले अस्पतालमा भएका विरामी कुरुवाहरुलाई निशुल्क रिचार्ज गरिदिने घोषणा गर्नुभएको छ ।

Advertisement

लक डाउनका कारण सबैजना घरघरमा बस्न बाध्य र पसल र व्यावसाय समेत बन्द रहदा अस्पतालमा आफ्न्त लिएर जाने विरामी कुरुवाले रिचार्ज कार्ड खरिद गर्न समेत नसक्दा घरमा बिरामीको खबर गर्न नसकेको भन्दै अप्ठ्यारोमा परेका अस्पतालका विरामी कुरुवालाई निशुल्क आवश्यकता अनुसार एनसेल र एनटिसीको रिचार्ज गरिदिने सुवेदीले घोषणा गर्नुभएको हो ।
सम्पुर्ण पसल समेत बन्द हुदा विरामीको अवस्थाका वारेमा घर र आफन्तलाई जानकारी गराउन नपाइरहेको जनगुनासो पाएपछि समाजसेवी सुवेदीले कोरोना भाइरसको संकमण र देशमा लकडाउन भउन्जेलसम्मका लागि यो सुविधा दिने बताउनुभयो ।

सुवेदी यस क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरु सुरुङ्गा बजार व्यावस्थापन समितिका सहसचिव, पुकार अंपाङ्ग अशक्त समाजका सचिव र फ्रेण्डस ग्रुप नेपाली मंच नेपालका केन्द्रिय सचिव लगायातमा आवद्ध रहेर सामाजिक गतिविधि गर्दै आउनुभएको छ । आफुले अप्ठ्यारोमा परेकालाई सहयोग गर्नु हाम्रो मानवीय धर्म भएकोले यो सहयोगको घोषणा गरेको र आपतमा परेकाहरुले मात्रै यो सहयोग पाउने गोविन्दले बताउनुभयो । समस्यामा परेका अस्पतालका विरामी कुरुवाहरुले रिचार्जका लागि ९८२४०४२२७१ मा फोन, म्यासेज वा फेसबुक म्यासेन्जरमा सम्पर्क गर्न सक्ने समेत सुवेदीले बताउँनुभएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्