मेची राजमार्ग आसपास राँकेमा हेल्थडेस्कको व्यवस्था

0
655

 

पाँचथर,

 

पाँचथरको फाल्गुनन्द गाउँपालिकाले पाँचथर–इलाम सीमावर्ती राँके बजारमा स्वास्थ्य सहायता कक्ष ९हेल्थडेस्क० स्थापना गरेको छ ।

लकडाउनमा अत्यावाश्यक काममा मेची राजमार्गमा यात्रा गर्ने यात्रुहरु, विदेशबाट फर्किएकाहरु, कोरोनाभाइरस सङ्क्रमणको आशङ्का गरिएका विरामीहरु तथा राँके बजारका स्थानीयको चेकजाँचका लागि आइतवारबाट हेल्थडेस्क सञ्चालनमा ल्याइएको हो ।

गाउँपालिकाले विभिन्न स्वास्थ्य संस्थामा कार्यरत चार जना स्वास्थ्यकर्मीहरुलाई हेल्थडेस्क खटाएको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

हेल्थडेस्क स्वास्थ्यकर्मीहरुका लागि ब्यक्तिगत सुरक्षा उपकरण ९पीपीई०, कोरोनाभाइरस सङ्क्रमणको आशङ्का गरिएका विरामीहरुको ज्वरो तथा तापक्रम नाप्ने यन्त्र फायरगन लगायत उपकरण र सुरक्षा सामग्रीको गाउँपालिकाले प्रवन्ध गरेको अध्यक्ष कुरुम्बाङले वताउनुभयो । लकडाउन सुरु हुनुपूर्व जिल्ला स्तरमा राँकेमा सहायता कक्ष स्थापना गर्ने निर्णय भएको थियो ।

“लकडाउनका कारण राजमार्गमा यात्रु नहुने अनुमानमा त्यसबेला सहायता कक्ष सञ्चालनमा ल्याइएको थिएन्”, अध्यक्ष कुरुम्बाङले भन्नुभयो, “अत्यावाश्यक काममा हिँड्नको संख्या ठूलो रहेको पाइएपछि हेल्थडेस्क सञ्चालनमा ल्याएका हौँ ।”

फाल्गुनन्द गाउँपालिकाले सोमवारबाट राँकेमै रहेको नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवनमा निर्माण गरिएको क्वारेन्टाइन सञ्चालनमा ल्याउने भएको छ ।

गाउँपालिकाले कोरोनाभाइरस सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि क्वारेन्टाइनमा राख्ने उद्देश्यसहित गाउँपालिकाका सात वटै वडाका २० दिनभित्र विदेशबाट फर्किएका २१ जना तथा दुई महिनाभित्र विदेशबाट फर्किएका २१ जनाको तथ्याङ्क सङ्कलन गरिसकेको छ ।

गाउँपालिकाले कोभिड–१९ को प्रकोपबाट बच्न पूर्वतयारी तथा प्रतिकार्यका लागि गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङको अध्यक्षमा २६ सदस्यीय समन्वय समिति गठन गरी कार्य गर्दै आएको छ ।

यस्तै गाउँ कार्यपालिकाका सबै जनप्रतिनिधिहरुले एक महिनाको सुविधा गाउँपालिकाको विपत ब्यवस्थापन कोषमा जम्मा गर्ने, गाउँपालिका भित्र ड्युटीमा खटिने प्रहरीलाई दैनिक भत्ता र इन्धन उपलब्ध गराउने निर्णय गाउँपालिकाले गरिसकेको प्रमुख प्रशासकीय अधिकृत अनिल तिखत्रीले वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here