साविक उच्च मावि कोटा र राहत शिक्षक दरबन्दी स्वतः स्थायी !

0
643

काठमाडौं ,

 

शिक्षा, विज्ञापन तथा प्रविधि मन्त्रालयले तयार गरेको शिक्षा ऐनको नयाँ मस्यौदामा विद्यालय तहका राहत र साविकको उच्च माध्यमिक तहको अनुदानमा कोटामा कार्यरत शिक्षक दरबन्दी स्वतः स्थायी रुपान्तरण हुने व्यवस्था गरिएको छ ।

शिक्षा मन्त्रालयले निर्माण गरिरहेको शिक्षा ऐनको मस्यौदामा यस्तो प्रस्ताव गरिएको हो । अब यो मस्यौदामा उल्लेख भएको उक्त व्यवस्था हुबहु पारित भएमा अहिले कार्यरत उक्त कोटामा सबै शिक्षक स्वतः स्थायीमा रुपान्तरण हुने छन् । अत्यन्तै साँघुरो घेरामा रहेर निर्माण गरिएको ऐनको मस्यौदामा उनीहरुको दरबन्दीलाई स्वतः स्थायी गरेपछि सिर्जना हुने स्थायी दरबन्दीमा शिक्षक सेवा आयोगको सिफारिसमा पदपूर्ति हुने व्यवस्था राखिएको छ ।

उनीहरुका लागि आयोगले लिने परीक्षामा एक पटकका लागि उमेरको हद नलाग्ने पनि मस्यौदामा उल्लेख गरिएको छ । उक्त कोटालाई स्थायी दरबन्दीमा रुपान्तरण र पदपूर्ति सम्बन्धि अन्य व्यवस्था तोकिए बमोजिम हुने भनिएको छ ।

हाल प्राथमिक तर्फको राहत अनुदान कोटा २१ हजार ८ सय ७१, निम्न माध्यमिक तर्फको राहत अनुदान कोटा ९ हजार ६ सय ९ , माध्यमिक तर्फको राहत अनुदान कोटा ६ हजार ८ सय ९८ र साविकको उच्च माध्यमिक तर्फको राहत अनुदान कोटा ४ हजार छ ।

स्रोत

साविक उच्च मावि कोटा र राहत शिक्षक दरबन्दी स्वतः स्थायी !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here