बिर्तामोड,
सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्ना सदस्यहरुलाई लकडाउनको समयमा घर खाचो टार्न पाँच हजार रुपैयाँसम्म सापटी स्वरुप उपलब्ध गराउने भएको छ ।

विना व्याज पाँच हजार रुपैयाँ दुई महिनासम्म सदस्यले चलाउन सक्ने आज सहकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जसका लागि सहकारीले सात करोड रुपैयाँ व्यवस्था गरेको छ ।
सहकारीका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीद्वारा जारी गरिएको विज्ञप्तिमा कोरोना भाइसर कोभिड १९ को संक्रमण रोक्न सहयोग पु¥याउने उद्देश्यले ५० लाख रुपैयाँको राहत कोष घोषणा गरेको समेत जनाइएको छ ।
१ नम्वर प्रदेश सरकार, स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समन्वय समितिहरुसंगको सहकार्यमा आइसोलेसन, क्वारेन्टाइमा बसेका र विपन्न परिवारको खाद्यन्य तथा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि पिपिइ सहयोगका लागि ५० लाख रुपैयाँको राहत कोष खडा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘सहारा नेपाल सहकारी संस्थामा कार्यरत कर्मचारीहरुले सञ्चालन गरेको ‘ सहारा कर्मचारी कानवीय सहायता कोष’बाट विपद्को समयमा ५० लाख रुपैयाँ राहत प्याकेज घोषणा गरिएको हो’ सहकारीका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले भन्नुभयो ।
कोरोना भाइरसको महामारीबाट उत्पन्न जटिल अबस्थाका कारण सिङ्गो विश्व नै कठिन समय र परिस्थितिबाट गुज्रिरहेको भन्दै सहकारीले विपद्को यस घडीमा सहयोग गर्नु सहकारीको दायित्व सम्झिएर राहत प्याकेज घोषणा गरेको हो गिरीले भन्नुभयो ।
झापा सहित ६ जिल्ला कार्यक्षेत्र रहेको सहकारी दक्षिण एसियामै सबैभन्दा धेरै सदस्य रहेको सहकारीका रुपमा चिनिन्छ । सहकारीमा एक लाख ५० हजार भन्दा बढी सदस्य रहेको बताइएको छ ।
सहकारीले संस्थाका सदस्यहरुलाई चैत मसान्त भित्र वुझाउनु पर्ने किस्ता तथा व्याज २०७७ साल बैशाख महिना भित्र बुझाउन सकिने र सो अवधिको हर्जना समेत छुट गरिने जनाएको छ ।































