कचनकवल गाउँपालिकाको कोरोना कोषमा सिम्रिक बचतको ५० हजार

0
1068

भद्रपुर ।

कोरोना प्रकोप व्यवस्थापन कोषमा रकम जम्मा गरिदिन कचनकवल गाउँपालिकाले सबै समक्ष अनुरोध गरेका छन् । एकद्धार प्रणालीबाट राहत वितरणमा सहयोग पुर्‍याइदिन भन्दै गाउँपालिकाले यस्तो अनुरोध गरेका हुन् ।

गाउँपालिकाको बिहीबार बसेको बैठकमा अति विपन्न परिवारलाई राहत सामग्री खरिद गरी वितरण गर्न आर्थिक सहायता उपलब्ध गराउने इच्छुक दाता तथा सङ्घ संस्थाहरूलाई स्वैच्छिक रूपमा रकम जम्मा गर्न भनी निर्णय गरिसकेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।

गाउँपालिकाको एनआईसी एसिया बैङ्क बनियानीको प्रकोप व्यवस्थापन कोष खाता नम्बर ६७सिए०५१०१९७५२४०२ नम्बरमा रकम जम्मा गर्न सकिनेछ । यसैबिच शुक्रवार सिम्रिक बचत तथा ऋण सहकारी संस्था बनियानीले प्रकोप व्यवस्थापन कोषमा ५० हजार रुपैयाँ जम्मा गरिसकेको गाउँपालिकाका कर्मचारी विकास कोइरालाले जानकारी दिए ।

गाउँपालिकाले सातै वडाका तीन हजार विपन्न परिवारलाई राहत सामग्री बापत खाद्यान्न वितरण गर्न लागेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here