कोरोना भाईरस्

0
1193

कविता गौतम थपलिया

न हास्ने बनायो न रुने बनायो
साबुन पानीले हात धुने बनायो !

जातै बैगुनि रैछ यो कोरोनाको
आफैमा छुवाछुत हुने बनायो !

रुघा लागोस् या घांटी दुखोस्
संकाले गर्दा लंका हुने बनायो !

बालक भनेन् यसले बृद्दा भनेन्
गाऊघर र शहर पुरै सुन्ने बनायो !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here