बिर्तामोड,
बाह्रदशी गाउँपालिकाका २२ सय भन्दा बढी विपन्न परिवारलाई राहत बितरण गरिएको छ ।
गाउँपालिकाले विपन्न परिवारलाई लक्षित गर्दै तीन सय क्वीटल चामल र २५ क्वीन्टल नून खरिद गरेको गाउँपालिकाका अधिकृत चेतनाथ न्यौपानेले बताउनुभयो । दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका २२ सय १४ परिवारलाई वडा कार्यालय मार्फत राहत वितरण गरिएको हो ।

बाह्रदशी गाउँपालिका– २ मा रहेका मुस्लिम समुदायमा राहत बितरण गरिँदै । गाउँपालिकाको समन्वयमा सोही ठाउँ निवासी युवा व्यवसायी चान महमदले ५० परिवारका लागि एक सातासम्म पुग्ने गरी दाल,चामल, नून, लगायतका अत्यावसकीय खाद्य सामग्री बितरण गुर्न भएको हो ।
गाउँपालिका भित्र बसोवास गर्ने विपन्न परिवारलाई ‘क’ ‘ख’ र ‘ग’ वर्गमा वर्गीकरण गर्दै उनीहरुलाई राहतका सामग्री बितरण गरिएको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताउनुभयो ।
गाउँपालिका बाहेक स्थानीय दाता, उद्योगी व्यवसायी र सामाजिक संघ संस्थाले समेत गाउँपालिकामा रहेका विपन्न परिवारलाई राहत सामग्री बितरण गरेका छन् । जसका कारण ज्यालामजदुरी गर्दै आएका विपन्न परिवारलाई राहत मिलेको वाह्रदशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहालले बताउनुभयो । स्थानीय दाताहरुबाट गाउँपालिकामा ६५ क्वीटल भन्दा बढी साहत सामग्रीका लागि चामल जुटेको बताइएको छ ।
कोरोना भइरस कोभिड १९ का कारण मुलुक लकडाउन भएपछि विपन्न परिवारका सदस्यलाई गाउँपालिकाका प्रतिनिधि र जनप्रतिनिधिले घर घरमै राहत सामग्री पु¥याएका हुन् ।
सातवटा वडामा विभाजित बाह्रदशी गाउँपालिकामा अघिल्ला वर्षमा विरिङ, अन्धुवा लगायतका खोलामा आएको बाढीले धेरैलाई विस्थापित गरेको थियो भने खेती योग्य जमिन बगरमा परिणत गरेको थियो ।
गाउँपालिकाको दुई नम्वर वडामा सुकुम्वासी वस्ती समेत रहेको बताइएको छ । उनीहरुका लागि गाउँपालिकाले चामल,नुन, खानेतेल, सावुन, चाउचाउ लगायतका अतिआवश्यक खाद्य वस्तु समेत उपलब्ध गराएको बताइएको छ ।
भारतसंग सिमा जोडिएको घेरावारी नाकाबाट लुकीछिपी नेपाली तथा भारतीय नागरिकसमेत नेपाल भित्रन सक्ने भएकाले गाउँपालिकाको दक्षिणी भेगमा सुरक्षा निगरानी समेत उच्च बनाइएको वाह्रदशी गाउँपालिका – १ का वडा अध्यक्ष शम्भू शिंह राजवंशीले बताउनुभयो ।
राहत वितरणका समायमा कोरोना भाइरसका विषयमा समेत गाउँलेलाई जानकारी दिँदै विपन्न समुदायका नागरिकको जीवन सहज बनाउन आफूहरु लागि परेको वडा अध्यक्ष राजवंशीले बताउनुभयो । –––






























