झापा ।

कोरोना संक्रमणको महामारीका बेला झापाको मेचीनगरमा भने अनौठो घटना भएको छ । मेचीनगर–९ स्थित मागुरमाडीम एक महिना अघि एक व्यक्तिको निधन भएको थियो ।
उनको शव वन परिसरमा दाहसंस्कार गरिएको थियो । गाडिएको लाश खोतलेर स्थानीय दुई युवाले खान खोजेको स्थानीयले बताए ।
मादक पदार्थ खाएर लठ्ठ भएका ती युवाले साँझको समयमा लाश निकाल्न खोजेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै प्रहरी घटनास्थल पुगेर ती युवालाई आइन्दा यस्तो गल्ती नगर्न भन्दै झापड हानेर छाडेको एक स्थानीय युवाले बताए ।
इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक कैलाश चौधरीले उक्त घटनाको पुष्टि गरेका छन् । उनले त्यस्तो अमानवीय घटनामा संलग्न युवालाई निगरानीमा राखेर अनुसन्धान भइरहेको बताए ।
कोरोना संक्रमणका कारण उक्त घटनाका बारेमा अनुसन्धान गर्ने काम रोकिएको बताए । लाश निकाल्न खोज्ने व्यक्तिलाई के कारवाही गर्ने भन्ने विषयमा प्रहरी पनि अनविज्ञ नै छ ।































